जुरेली न्युज डेस्कः नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको विद्युत बक्यौता बापत तिर्नुपर्ने ४ अर्ब १४ करोड ४ लाख नतिरेको भन्दै गत शुक्रबार देखी सिमारा २ स्थित जगदम्बा स्टिल उद्योगको लाइन काटेपछि सिमारामा रहेको अन्य उद्योगको पनि विद्युत लाइन काटिने सिमरा बितरण केन्द्रका प्रमुख रुमेश रुपाखेतिले जुरेली न्युजलाइ बताएका छन।

विद्युत प्राधिकरणको बिशेष विद्युत सेवा प्रयोग गरि लोडसेडिङमा समेत २४ सै घण्टा विद्युत प्रयोग गरि अरबौ खरबौ रुपया कमाएका सिमारामा ५मा रहेको असोक स्टिलले ७८ करोड ३६ लाख ४६ हजार विद्युत प्राधिकरणलाई तिर्न बाकी रहेको सिमरा बितरण केन्द्रले जनाएको छ।

सिमारामै रहेको जगदम्बा इन्टरप्राइजेजले ४७ करोड ९८ लाख २८ हजार तिर्नुपर्ने छ। गोल्छा समुह जो आफुलाइ सेतो लुगा लगाउने घोषणा गर्छ उसले विद्युत प्राधिकरणलाइ ४३ करोड २४ लाख ८६ हजार तिर्नुपर्ने प्राधिकरण सिमाराले जनाएको छ।

सिमारामै रहेको अर्को उद्योग हामा आइरनले धेरै काम गर्ने मजदुरको तलब समेत नदिइ अरबौ कमाएको हामा आइरनले प्राधिकरणलाई ११ करोड ५५ लाख ७९ हजार महशुल तिर्न बाकी रहेको देखिन्छ।

पुर्व राजा बिगतमा ज्ञानेन्द्रसंग जोडिएर नाम आउने सुर्य नेपाल सिमाराले २ करोड ५९ लाख ४१ हजार प्राधिकरणलाई महशुल नतिरी यो उद्योग पनि प्राधिकरणको कालो सुचिमा रहेको सिमारा प्राधिकरणले जुरेलिलाइ बताएको हो।

सिमरा बितरण प्रमुख रुपाखेतिका अनुसार पहिला ठुला उद्योग जसले धेरै रकम तिरेका छैनन उनिहरुको विद्युत काटिएको र अब क्रमशः सबै जसले महसुल तिरेका छैनन उनिहरुको पनि लाइन काटिने र कसैलाइ छुट नदिने जुरेलिलाइ बताएका छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय