जुरेली न्युज डेस्कः इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले तीन अंकको अग्रता बनाएको छ। गएराति भएको खेलमा शीर्षस्थानको लिभरपुलले न्युक्यासललाई ४–२ गोलले हरायो।

लिभरपुलका लागि मोहम्मद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले समान एक–एक गोल गरे।

सलाहले खेलको ४९औँ र ८६औँ मिनेटमा पेनाल्टीमा गोल गरे। न्युक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटम्यानले एक–एक गोल फर्काए। जितसँगै लिभरपुलको २० खेलमा ४५ अंक भएको छ।

दोस्रो स्थानमा रहेको एस्टनभिल्लाको समान खेलमा ४२ अंक छ । लिभरपुलसँग पराजित न्युक्यासलको २० खेलमा २९ अंक रहेको छ। एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय