जुरेली न्युज डेस्क सिमराः राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेस प्रदेशमा बिहीबार मतदान सुरु भएको छ । मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह ९खुला० गरी दुई पदका लागि मतदान हुनेछ ।

महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र पालिका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम गरिएका छन् । प्रदेशसभा सदस्यका लागि हरियो र पालिका प्रमुख तथा उपप्रमुखका लागि रातो रङको मतपत्रको व्यवस्था गरिएको छ । मतदान बिहान ७ देखि अपराह्न ३ बजेसम्म हुनेछ । मतगणना महेन्द्र नारायण निधि संस्कृति केन्द्रमै गरिने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना ९धनुषा०, नेकपा ९एमाले० का कुमारी विजेता झा ९धनुषा० र जनमत पार्टीका रामशङ्कर महासेठ ९धनुषा०ले उम्मेदवारी दिएका छन् । महिलातर्फ एमालेबाट उषादेवी थरुनी ९पर्सा० र जनता समाजवादी पार्टी ९जसपा० बाट पूजा चौधरी ९रौतहट० को उम्मेदवारी परेको छ ।

मधेस प्रदेशसभा सदस्य एक सय सात र स्थानीय तहका प्रमुखरउपप्रमुख दुई सय ६७ गरी तीन सय ७४ मतदाता रहेका छन् । प्रदेशमा एक सय ३६ स्थानीय तह छन् । स्थानीय तहका पाँच पदाधिकारी भने निलम्बनमा परेका छन् ।

प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुखरउपप्रमुख र अध्यक्षरउपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कूल मतभार १० हजार सात सय ४४ रहेको छ । रातो पाटीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय