जुरेली न्युज डेस्क, सिमराः बारामा राष्ट्रिय स्वाधीनता, बिआईआर ऋणजाल र पोखरा अन्र्तराष्ट्रीय विमानस्थल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो राष्ट्रीय एकता अभियान बाराको आयोजनामा अन्तरक्रिया सम्पन्न भएको हो ।
कार्यक्रम संयोजक तथा समाजसेवी हरि प्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै अभियानका केन्द्रीय संयोजक विनय यादवले राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि सबै एकबद्ध हुनुपर्नेमा जोड दिएका छन् । साथै उनले पोखरा अन्र्तराष्ट्रिय विमानस्थलले विकास र समृद्धिमा पार्ने प्रभावसँगै त्यसको सञ्चालनका विविध आयामका बारेमा चर्चा गरे ।
कार्यक्रममा अभियानका संरक्षक सेवक सौरभनाथ, उद्योग बाबाणिज्य संघका पूर्व अध्यक्ष ओमप्रकाश सिकरिया, सिमरा कलेजका व्यवस्थापक गीता शर्मा, सिमरा महिला सहकारी अध्यक्ष मुना खरेल, मानवाधिकार कर्मी लक्ष्मण साह, नगर उद्योग वाणिज्य संघका रामबाबू साह, पा्रध्यापक अनिल चौधरीलगायत ले आपनो धारणा राखेका थिए । यात्रा डेलीबाट