
सिमरा सम्वाददाताः जितपुरसिमारा उपमाहानगर पालिका १८ बडहर्वामा माघ १३ गते देखि तेर्सो मनहर्वा गोल्ड कप संन्चालनको सम्पुर्ण तयारी पूरा भएको क्लबले जानकारी दिएको छ। आज बडहर्वा खेल मैदानमा भएको पत्रकार सम्मेलनमा आयोजक मौवादेवि युवा क्लबले जनाएको हो।
क्लबका अनुसार आठ टिम सहभागी भएको खेलमा नव दुर्गा युवा क्लब सिमारा,हानामी वि एफ सि चितवन,रिगल हेटौंडा रिसोट मकवानपुर ,बागमती युवा क्लव हरिवन,बिरगंज युनाइटेड र आयोजक मौवादेबी युवा क्लबको सहभागीता रहने जनाएको छ।


क्लवका अनुसार आयोजकले विभिन्न बिधामा उत्कृष्ट हुने टिम र खेलाडिलाइ पुरस्कारको समेत व्यवस्था गरिएकोमा प्रथम हुने टिमले नगद दुई लाख र दोस्रो हुनेले नगद एक लाख पाउनेछ्न।
जितपुरसिमारा उपमहानगरपालिका मुख्य सहयोगी रहेको गोल्डकपमा १८ नं वडा समेत सहयोगी रहेको क्लबले जनाउदै फेयर प्ले,उत्कृष्ट गोल रक्षक ,सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट प्रशिक्षक र प्रत्येक दिनको म्यान अफ दि म्याच समेतलाई नगद पुरस्कारको खोषणा समेत गरिएको आयोजक क्लबले जनाएको हो।
माघ २० गते सम्म चल्ने प्रतियोगितामा फुटबल खेल प्रेमीहरुको राम्रो सहभागी हुने आयोजकले अपेक्षा गरेको छ।