जुरेली न्युज डेस्क सिमरा: तेस्रो मनहर्वा गोल्ड कप फुटबलमा आज भएको खेलमा बिरगंज युनाइटेड बिजयी भएको छ।

हनानी बि एस सि चितवनलाई ट्राइबेकरमा ५ – ४ गोल अन्तरले जित हासिल गरेको हो।

बडहर्वा फुटबल मैदानमा भएको खेलमा चितवनका रोशन क्षेत्रीले खेलको २० औ मिनेटमा गोल गर्दै टिमलाइ अग्रता दिलाए पनि बिरगंजका जर्सी नं ११ का अमर डंगोलले ३४ औ मिनेटमा चितवन विरुद्ध गोल गर्दै खेल बराबरिमा पुर्‍याए।

रोमान्चक प्रतिस्पर्धाको खेलमा चितवनका जर्सी नं १९ का गाणेस हमालले बिरगंज विरुद्ध ३८ औ मिनेटमा फेरि अर्को गोल गर्दै गोल २-२ को बराबरिमा रहदै निर्धारित समय सकिएपछी खेल टाइबेकरमा जादा बिरगंजले आज जित ५-४ को अन्तरले आफ्नो पोल्टामा पारेको हो।

आजको खेलमा म्यान अफ दि म्याच चितवनका रोशन क्षेत्री घोषित भएका हुन उनले आयोजक क्लबबाट नगद २ हजार ५ सय प्रप्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय