
डि आर घिमिरे सिमरा
बारा जिल्लाको जितपुरसिमारा उ म न पा वडा नं १४ र १५ बासिन्दा जंगली हात्ती गाउँ पसि पाक्न लागेको बालीनाली नष्ट गर्दा स्थानिय त्यहाका बासिन्दा त्रसिद बनेको छ्न।
दुबै वडामा मंगलबार राती ११स्४० बजे एउटा हात्ती गाउँ पसि घर गोठ भत्काउनुका साथै बालिनाली समेत नष्ट गरेको वडा नं १४ का स्थानिय ज्ञान बाहादुर श्रेष्ठले जुरेलिलाइ बताए।


श्रेष्ठका अनुसार राती जंगली हात्ती हलखोरियाको जंगल हुँदै गाउँ पसि फुल माया राइको ४ कठ्ठाको मकै बाली खानुका साथै नष्ट समेत गरेको र हात्तिले केशव बराल शालिकमराम बरालको आलुबाली नष्ट गरेको उनले बताए।
बालिनाली नष्ट गर्दै गाउँ पसेको हात्ती वडा नं १५ को पानी ट्याङ्की आसपासका नागरिक त्रासमा रहि रातभर जग्राम बस्नु परेको स्थानियले जुरेलिलाइ दुखेसो गरेका छ्न।
यता पर्सा रास्ट्रय निकुन्जक वाडेन रामचन्द्र खतिवडालाई जनताको भौतिक संरचना र बर्षभरिको बाली निकुञ्जका हात्तिले नष्ट गर्दा क्षेतिपुर्ती कसले दिने भन्ने प्रश्नम उनको जवाफ थियो मध्यवर्ती भन्दा बाहिरको गाउँ भएकोले जिल्ला वन डिभिजनको कार्यक्षेत्र भएको भन्दै उनी पन्छिए।
यता जिल्ला वन डिभिजन सिमारामा यस बिषयमा बुझ्न खोज्दा कुनै पनि जिम्मेवार फाटबाट यसको जवाफ पाइएन।
वन र बन्यजन्तु हेर्नै निकाए नै एकले अर्कोलाइ पन्छाउदै जनधनको सुराक्षामा कुनै चासो नदिदा आफ्नो सुरक्षा आफै गर्नु परेको १४ नं वडाका गणेश बाहादुर न्यौपानेले दुखेसो गरे।