
जुरेली न्युज डेस्क सिमराः तेस्रो मनहर्वा गोल्ड कप फुटबलमा आज भएको दोश्रो सेमिफाइनम खेलमा रिगल हेटौंडा रिसोट मकवानपुर नव दुर्गा युवा क्लब सिमारालाई ट्राइबेकरमा ४(३को गोल अन्तरलेबिजयी भएको छ।
बडहर्वा फुटबल मैदानमा भएको खेलमा निर्धारित समयमा पनि दुबै टिमले गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा गइ प्लान्टी सुटमा हुदा सिमाराले दुई मिस गर्दा नवदुर्गा सिमारा प्रतियोगितामा पराजित हुनु पर्यो ।


अजको खेलमा नव दुर्गा सिमाराका विबेक गुरुङ र आयुस रानाले सुटमा गोल गर्न सकेनन।आजको खेलमा रिगल हेटौंडा मकवानपुरका गोल रक्षक गोपि बर्तौला खेल भरिको म्यान अफ दि म्याच घोषणा भए संग उनले २ हजार ५ सय नगद प्राप्त गरे।
जारी प्रतियोगिताको फाइन खेल माघ २० गते आजको बिजेता हेटौंडा र बिरगंज युनाइटेड बिच हुनेछ