जुरेली न्युज डेस्क सिमराः तेस्रो मनहर्वा गोल्ड कप फुटबलमा आज भएको फाइनल खेलमा युनाइटेड बिरगंज पर्सा रिगल हेटौंडा रिसोट मकवानपुरलाई २(० को अन्तरको गोलले अन्तिम बिजेता बन्न सफल भएको छ।

बडहर्वा फुटबल मैदानमा भएको आजको फाइनल खेलमा युनाइटेड बिरगंज पर्साका खेलाडी विशाल खडकाले जारी खेलको ३५ औ मिनेटमा हेटौंडा विरुद्ध गोल गर्दै १(० को अन्तर गर्दा दबाबमा परेको थियो।

माघ १३ गते देखि जारी प्रतियोगोताको आजको फाइनल खेलको आजको प्रतिस्पर्धा निकै रोमान्चक रहे पनि हेटौंडाले बिरगंज विरुद्ध गोल गर्ने अवसर गुमाउदा दोस्रो हाफको ८८ औ मिनेटमा बिरगंजका अमर डंगोलले हेटौंडा विरुद्ध एक गोल थपे पछि आजको जितलाइ सुनिश्चित गरेका हुन।

आजको फाइनल प्रतियोगिताका बिजेता युनाइटेड बिरगंज पर्साले नगद २ लाख कप मेडल प्रप्त गरे भने उप बिजेता रिगल हेटौंडाले नगद १ लाख कप मेडल प्राप्त गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय