डि आर घिमिरे सिमारा डेस्क: जितपुरसिमारा उपमाहानगर पालिका १८ न वडा र कलैया उपमाहानगर पालिका वडा नं २४ को सिमानामा रहेको राजकुलो मास्दै बटो बनाउने भन्दै सरोकारवालाको नम्बरी जग्गा धनिको सहमती बेगर जग्गा नगर र वडाले हडपेको खुलेको छ।

जितपुरसिमारा १८ का पिडित ओम प्रसाद घिमिरे पेट माया घिमिरे,जानुका खनाल,लगाएतको जग्गा संगै रहेको नक्सामा १६ देखि ३२ फिट सम्मको राजकुलोको स्वरुप बिगारी जथाभावी बाटो बनाउने भन्दै आफ्नो नम्मरी जग्गा समेत वडा कार्यलले हडपेको पिडित ओम प्रसाद घिमिरेले जुरेली न्युज संग दुखेसो गरेका हुन।

जितपुरसीमाराको १८ र कलैयाको २४ वडा संगै सिमानामा रहेको सो राजकुलो मास्ने मनसाएले प्रदेश नं २ को भौतिक तथा शहरी विकास मन्त्रालयबाट बजेट पास गराइ केही स्थानिय जग्गा प्लटरले सो राजकुलो मासी धन कमाउने नियत रहेको घिमिरेको आरोप रहेको छ।

सार्वजनिक सम्पतिको संरक्षण गर्ने पहिलो अधिकार वडाको र नगरपालिकाको भए पनि तिनै निकाए नै भक्षक भैदिदा आफुहरु पिडित भएको अर्का पिडितले दुखेसो गरेका हुन ।

यता प्रमुख प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाइ जुरेलिले सार्वजनिक सम्पती राजकुलो मासी स्वरुप बिगारी बाटो बानाउन पाइन्छ भनी प्रश्न गर्दा वहाले भन्नुभो यो गैरकानुनी काम हो सार्वजनिक सम्पती कसैले हानी नोक्सानी गरे ती सबै निकायले भोग्नुपर्छ हामी तुरुन्त कार्वाही गर्छौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय