जुरेली न्युज डेस्क सिमरा: नेपालको चर्चित थारु कलाकारहरु द्वारा संचालित बि. एण्ड जि. इन्टरटैनमेन्ट नेपालले चुनरी लहराए भन्ने गीतको म्युजिक भिडियो आज ४ बजे सार्वजनिक गर्ने भएको छ । सो इन्टरटैनमेन्ट नेपालले आफ्नो यु ट्युब च्यानल बि. एण्ड जि. मार्फत सार्वजनिक गर्ने तयारी गरिसकेको हो ।

उक्त गीतको रचना राजु चौधरीले गरेको छ भने गणेश चौधरी र समिक्षा चौधरीले आफ्नो सुमधुर स्वर दिएका छन ।

एकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतमा मिक्सिङ्ग चन्द्रा चौधरीले गरेको र व्यवस्थापन गणेश चौधरीले गरेको बिरु चौधरीले बताए ।

त्यस्तै वीर चौधरी र लक्ष्मी चौधरीले अभिनय गरेको सो म्युजिक भिडियोमा छायांकन रमेश चौधरीले गरेको छ भने सह छायांकन सुजन चौधरीले गरेका छन ।

हिरा चौधरीको निर्देशनमा तयार पारिएको सो भिडियोको सम्पादन सुरेश चौधरीले गरेको प्रोडक्सन म्यानेजर बिकाश महतोले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय