
जुरेली न्युज डेस्क सिमराः नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको ज्यान गएको छ।
दिपायल सिलगढी नगरपालिका–१ तिखा पैरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रबार दिउँसो १२:४० बजेतिर सेती नदिमा डुबेर मृत्यु भएको हो।


सोही नगरपालिकाको वडा नम्बर ३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा खड्काको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिं नेगीले जानकारी दिए।