जुरेली न्युज डेस्क सिमराः  नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष पदका उम्मेदवार अर्जुन रसाईलीले सुनचाँदी व्यवसायीहरूबाट गोल्ड बैंक स्थापना सम्भव नभएको बताउनुभएको छ।  राष्ट्र बैंकले हाल विधमान रहेको बैंकहरूलाई मर्जिङ्ग गरिरहेको अवस्थामा सुनचाँदी व्यवसायीबाट गोल्ड बैंक स्थापना गर्छु भन्नु एउटा मजाकपात्र बन्नु अध्यक्ष उम्मेदवार अर्जुन रसाईलीले बताउनु भएको छ।

नवलपुर सुनचाँदी व्यवसायी संघले आज कावासोतीमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा रसाईलीले सो कुरा बताएका छन्।  रसाईलीले पान नम्बरका आधारमा सुनचाँदी वितरण गर्ने व्यवस्थाको स्थापना गर्ने बताएका छन्।

नवलपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष राजु शाहशंकरको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ। केन्द्रीय अध्यक्ष पदका प्रत्यासी उम्मेदवार अर्जुन रसाईली यतिबेला देशव्यापी व्यवसायी भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यस्त रहेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघको आसन्न चौंथो महाधिवेशन यहिँ चैत २३ र २४ गते काठमाडौंमा आयोजना हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय