जुरेली न्युज डेस्क सिमराः डुमरवानामा जारी तेस्रो डुमरवाना गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको खेलमा बिरगंज युथ एकेडेमी बिरगंजलाइ हाराउदै रिगल हेटौंडा रिसोर्ट मकवानपुर सेमिफाइनलमा प्रवेश गरेको छ।

निर्धारित ९० मिनेटको खेलमा पहिलो हापको १८ मिनेटमा सेतो जर्सिका जर्सी नं १० का खेलाडी मनोज तामाङले गोल गरेका हुन।

चारपाते फुटबल मैदानमा आजको खेल निकै रोमान्चित भए पनि रातो जर्सिमा रहेका बिरगंजका खेलाडीले रिगल विरुद्ध गोल गर्ने राम्रो अवसर पाए पनि बिरगंज गोल गर्न चुकेको हो।

आजको खेलको म्यन अफ दि म्याच खेलमा राम्रो प्रदर्सन गर्दै खेल खेलेका बिरगंज विरुद्ध पहिलो गर्ने खेलाडी मनोज तामाङ घोषणा भए संगै उनले आयोजकको नगद २ हजार पुरस्कार समेत प्रप्त गर्न सफल भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय