जुरेली न्युज डेस्क सिमराः डुमरवानामा जारी तेस्रो डुमरवाना गोल्ड कप फुटबल प्रतियोगितामा आज भएको स्पहिलो सेमिफाइनल खेलमा निजगढ फुटबल क्लव ११ लाई हराउदै बिरगंज युनाइटेड फाइनलमा प्रवेश गरेको छ।
निर्धारित ९० मिनेटको खेलमा पहिलो हापकोमा दुबै टिमले गोल गर्न नसक्दा दोस्रो हाफको ६२ औ मिनेटमा निलो रारो जर्सिका जर्सी नं ७ का खेलाडी सागर चौधरीले गोल गर्दै निजगढ विरुद्ध १(० को गोल अन्तर गरेका हुन।
चारपाते फुटबल मैदानमा आजको खेल निकै प्रतिस्पर्धा भए पनि खैरो जर्सिमा रहेका निजगढका खेलाडीले बिरगंज विरुद्ध गोल गर्ने राम्रो अवसर पाए पनि निजगढ गोल गर्न चुकेको हो।
आजको खेलको म्यन अफ दि म्याच खेलमा राम्रो प्रदर्सन गर्दै खेल खेलेका बिरगंज युनाइटेडका जर्सी नं १६ का खेलाडी विशाल चौधरी घोषणा भए संगै उनले आयोजकको नगद २ हजार पुरस्कार समेत प्रप्त गर्न सफल भए
भोलि हुने दोस्रो सेमिफाइनल खेल चितवन र हेटौंडा रिगल बिच हुने आयोजकले जनाएको छ। यस खेलमा पहिलो हुने बिजेताले १ लाख ५० हजार प्रप्त गर्नेछ्न भने उपबिजेताले ७५ हजार प्रप्त गर्ने आयोजकले जनाएको छ।