जुरेली न्युज डेस्क सिमरा: डुमरवानामा चैत्र १७ गते देखि जारी तेस्रो डुमरवाना गोल्ड कप फुटबल प्रतियोगितामा(२०८०) आज भएको फाइनल खेलमा भरतपुर फुटबल क्लव चितवनलाइ हराउदै बिरगंज युनाइटेड बिरगंज फाइनलको उपाधी जित्न सफल भएको छ।
निर्धारित ८० मिनेटको खेलमा पहिलो हापकोमा दुबै टिमले गोल गर्न नसक्दा दोस्रो हाफको ६६ औ मिनेटमा बिरगंज युनाइटेड बिरगंजका जर्सिका जर्सी नं १३ का खेलाडी अभिषेक चौधरिले गोल गर्दै चितवन विरुद्ध निर्णायक गोल गर्दै १-० को गोल अन्तरले आफ्नो टिमलाइ फाइनलको उपाधी जित्न सफल बनाएका हुन।
चारपाते फुटबल मैदानमा आजको खेल निकै प्रतिस्पर्धा भए पनि निलो जर्सिमा रहेका चितवनका खेलाडीले बिरगंज विरुद्ध पटक पटक गोल गर्ने राम्रो अवसर पाए पनि चितवन गोल गर्न चुकेको हो।
आजको खेलको बिजेता बिरगंज युनाइटेड बिरगंजले पहिलो पुरस्कार नगद रु १ लाख ५० हाजार र शिल्ड जित्न सफल भयो भने खेलमा दोस्रो हुन सफल भएको चितवनले७५ हजार र शिल्ड जित्न सफल भएको छ।
आजको म्यन अफ दि म्याच खेलमा राम्रो प्रदर्सन गर्दै खेल खेलेका र खेलमा चितवन विरुद्ध पहिलो गोल गर्ने बिरगंजका जर्सी नं १३ का खेलाडी अभिषेक चौधरी घोषणा भए संगै उनले आयोजकको नगद २ हजार पुरस्कार समेत प्रप्त गर्न सफल भए।
आजको फाइनल खेलको बिजेता र उप बिजेतालाइ जितपुरसिमारा उपमाहानगर पालिकाका नगर प्रमुख राजन पौडेलले पुरस्कार बितरण गरेका थिए।