डि आर घिमिरे :-जुरेली डेस्क सिमारा
कोल्हबी सब डिभिजन वन इलाका बाट जेष्ठ दुई गते राती अन्दाजी ११:५० बजे भाला, लाठी र जाल सहित ९ जना वन्यजन्तु सिकारी पक्राउ परेको सब डिभिजन कार्यलयका रेन्जर अब्दुल करिम मियाले जुरेलिलाइ बताए।

रेन्जर मियाका अनुसार पक्राउ पर्नेमा बारा जिल्ला कोल्हबी नगरपालिका वडा नं २ घर भएका निमेश कुश्वाहार माझी, सिताराम कुश्वाहार माझी, बिनोद दास, केशव कुश्वाहार माझी, दिनेश ठकुरी, ध्रुव कुश्वाहार माझी, चन्द्र लामा, कृष्ण बाहादुर र विशाल शाही रहेका छ्न।

नियमित गस्तिको क्रममा वन इलाकामा वन्यजन्तु सिकार गरि मार्न प्रयोग गर्ने १० थान जाल, २ थान भाला, ३५ थान लठ्ठि र नम्बर नखुलेको एक थान मोटरसाइकल समेत रहेको मियाले जुरेलिलाई बताए।

पक्राउ परेकाहरुले जंगलमा रहेको बदेल, हरिण र जरायो आदि वन्यजन्तु पासोमा पारी मार्ने र वरिपरिका गाउँ शहरमा दुई देखि तीन हजार रुपैयामा बेच्ने समेत गरेको मियाले बताए । सिकारि र उनिहरुको साथबाट जफत भएको घरेलु हतियारलाइ जिल्ला डिभिजन बन कार्यालय सिमारामा बुधबार नै थप कानुनी कार्वाहीको लागि बुझाइएको मियाले बताए।

यस बिषयमा थप बुझ्न डेस्कले वन डिभिजन कार्यलय सिमारका प्रमुख डि अफ ओ बिनोद सिहसंग बुझ्दा पक्राउ परेकाहरुलाइ तारेख जमानिमा छाडिएको र बरामती हतियारलाई राष्ट्रिय बिज्ञान विधि प्रयोगशाला (ल्याबमा ) पठाइएको जानकारी दिए।

राष्ट्रिय, सामुदायिक र साझेदारी वनको वन्यजन्तुको शिकार गर्न नहुने र गरेमा कडा कानुनि कार्वाही गर्नु पर्नेमा यसरी हारिजिरी जमानीमा छोडिदिदा शिकारिको मनोबल बढ्ने र झन वन्यजन्तुको शिकार भै संरक्षित जनावरको संरक्षण हुनेमा आसंका रहेको कोल्हबीका स्थानियले जुरेलीसंग गुनासो गरे।
शिकारी पक्राउ परेको बिषयमा जुरेलिले तामागढी साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्र पनुहरलाइ यस्तो जिल्ला वन डिभिजनको कार्य पर्ती प्रतिक्रिया माग्दा उनले भने “हामी रात र दिन नभनी वन गस्ती गर्छौ अनि अपराधी प्रमाण सहित समात्छौ तर जिल्ला वन डिभिजनले कुनै कार्वाही नगरी छोडिदिदा अपराधीको मनोबल बढी झन वन्यजन्तुको सिकार बढ्छ” उनको जवाफ रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय