१७ असार, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले नेपालमा रहेको जलस्रोतको स्वामित्व र अधिकार नेपाल राज्यमा निहित रहने बताएका छन् । सोमबार प्रतिनिधि सभामा जलस्रोत विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।
‘नेपालमा रहेको जलस्रोतको स्वामित्व र अधिकार नेपाल राज्यमा निहित रहनेछ भन्ने स्पष्ट लेखेका छौं,’ उनले भने । सांसदहरूले नेपालको जलस्रोतमा बाह्य मुलुकको लगानी रहेको र विदेशीको पकडमा पुगेको भनेर टिप्पणी गरेका थिए । जवाफमा मन्त्री बस्नेतले यस्तो आशंका गर्न आवश्यक नरहेको बताए । अनलाईन खबर