पुष्पराज खतिवडा
बारा
तराई मधेशमा मनाईने जितीया पर्व बारामा पनि धुमधामका मनाईंदैछ । गाउँ शहरका मठमन्दिर खोला पैनी तलाउ पोखरीमा बुधबार पर्व मनाउने महिलाहरुको भिडभाड थियो । तराई मधेशका महिलाहरुले श्रीमान् तथा छोराछोरीहरुको सु–स्वाथ्य, दिर्घायू एवं पराक्रमको कामना र स्वर्गबासी पित्रृहरुको मोक्ष प्राप्तीको कामना गर्दै मनाउँने यो पर्व मनाउने गरेका छन् ।
सासु ससुरा जिवित भएकाहरुले श्रीमान् र बालबालिकाको सु–स्वाथ्य , दिर्घायू एवं पराक्रमको कामना गर्दै खरजुगुतिया गर्छन् भने सासुससुरा गुमाएकाहरुले पित्रृ मोक्षको कामना गर्दै जुगुतिया गर्ने गरेको कलैया उपमहानगरपालिका २ दोहरीका ब्राम्हण विरा उपाध्यायले बताउनु भयो ।
सोह्रश्राद्धको सप्तमी देखी नवमी तिथीका विचमा जुगुतिया पर्व मनाउने गरिन्छ । खासमा जुगुतिया पर्व हो । बोलिचालीको भाषामा जीतिया भनिने गरेको हो, वहाँले भन्नु भयो ।
यस पर्वमा महिलाहरुले सप्तमीका दिन बेलुकी झिँगनीको पत्ता, खाने तेल र पिना नदिमा चढाउने गर्दछन् । अष्टमीकादिन विहान सबेरै दहि चिउरा चिनी भगवानलाई चढाउने र साँझ पून ः नदि, तलाउमा बेलपत्र खानेतेल सहित पूजा पाठ गरिन्छ । नवमीको दिन विहान खिर चढाएसँगै जितीया पर्व सकिने मन्दिरमा भेटिएका महिलाहरुले बताए ।
जितिया पर्वमा श्रीमान् र बालबालिका हुने महिलाहरुको अष्टमीको साँझको पूजासँगै बर्त सकियो । तर पितृ मोक्षको कामना गर्दै पर्व गरिरहेकाहरुको नवमीका दिन विहान खिर चढाएपछि मात्रै सकिने जितिया पूजा गर्न कलैया स्थीत रामजानकी मन्दिर पोखरी छेउमा भेटीएकी रेनु देवी अग्रहरीले बताउनु भयो ।
यस्तै अष्टमीका नदि तलाउमा पूजा गरेपछी पाका महिलाहरुले कमउमेरका छोरी बुहारीहरुलाई राखेर जुगुतिया पर्वको महिमा सहितका कथा सुनाउने गर्दछन् । यस्ता कथाहरुमा पारिवारिक मेलमिलाप, पित्रृकर्म, नातासम्बन्ध, सहित संस्कृती गजेर्ना गर्ने विषय हुने गरेका कलैया उपमहानगरपालिका २४ सुखुईकी अमेरिका देवी यादवले बताउनु भयो ।
फोटोमा ःजीतिया पर्वमा पूजाअर्चन गर्दै र कथा सुन्दै सुनाउँदै महिलाहरु