१९ मंसिर , सिमरा
ग्रासरुट फाउण्डेसनले आयोजना गरेको विद्यालय स्तरिय फुटबल प्रतियोगिताको दुईखेलमा सिमरा पल्लिक ईङलीस स्कुल (एस.पि.ई.एस) र नोबेल एकेडेमी विजयी भएका छन् ।
प्रतियोगिता अन्तर्गत आईतबार भएको पहिलो खेलमा सेन्ट पिटर्स एकेडेमी सिमरा माथी ३–० को जित निकाल्दै एस.पि.ई.एस.ले अघिल्लो चरणमा स्थान बनाएको हो । एस.पि.ई.एस.को जितमा आर्यन लामा र नितेश मगरले गोल गरे । टिमकालागि आर्यन एक्लैले दुई गोल गरेका थिए । सुरुवाती समय देखी नै दवावमा परेको सेन्ट पिटर्सले पहिलो हाफगोल रहित बराबरीमा रोकेपनी दोस्रो हाफमा लगातार तीनगोल खान पुग्यो ।
३९औँ मिनेटमा विवके ढकालको उत्कृष्ट क्रसमा आर्यनले पहिलो गोल गरे । लगत्तै ४१ मिनेटमा नितेस मगरले एक गोल गर्दै टिमलाई २–०को स्थितीमा पु¥याए । ४२ मिनेटमै आर्यनले ब्यक्तीगत दोस्रो गोल गर्दा सेन्ट पिटर्स ३–० ले पराजित भयो ।
उत्कृष्ट प्रदर्शन गर्दै खेलको म्यानअफ द म्याच नितेश मगर घोषित भए ।
त्यस्तै दोस्रो खेलमा पाथीभरा स्कुललाई २–१ ले हराउँदै नोबल एकेडेमीले विजयी सुरुवात गरेको छ । अस्मिन थिङ र मोहन विष्टको गोल मानो बलले अघील्लो चरणमा स्थान बनाएको हो । २३ मिनेटमा अस्मीन थिङको गोलबाट अग्रता बनाएको नोबलकालागि २९ मिनेटमै मोहन बिष्टले अग्रता दोब्बर पारे ।
उता पाथिभराकालागि आयुष खत्रीले सान्त्वना गोल फर्काएका थिए । खेलको अतिरिक्त समयमा गोल गर्दै आयुषले टिमलाई गोल रहित हुनबाट जोगाए । नोबलका खेलाडीले डि–बक्स भित्र फल गरेपछी पाएको पेनाल्टीलाई उनले गोलमा परिणत गरिदिएका थिए । खेलको म्यानअफ द म्याच नोबलका मञ्जिल घिसिङ भए । उत्कृष्ट प्रदर्शन गरेका घिसिङले ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत सोमबार दुईखेल हुनेछन् । पहिलो खेलमा सेन्टजोन्स एकेडेमी र नेरामावि बकुलीया खेल्ने छन् । दोस्रो खेलमा न्यु एकता बोर्डिङ स्कुल र शुभतारा एकेडेमी बिच खेल हुने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to Jureli News
Made by Pahilo Drishti