२० मंसिर सिमरा
सिमरामा जारी अन्तर विद्यालय ग्रासरुट फूटवल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलिया र न्यु एकता बोर्डिङ स्कुल, सिमरा बिजयी भएका छन् ।
सिमरा रंगशालामा भएको पहिलो खेलमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बकुलियाले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरलाई २–० गोलले पराजित गरेको हो । बकुलियाको जीतमा अतुल्लाह मिया र रंजित विश्व थारुले गोल गरे । खेलको म्यान अफ दि म्याच अजित चौधरी घोषित भए ।
खेलमा पराजित भएको फत्तेपुरले बकुलया विरुद्ध प्रोटेस्ट गरेको छ । विद्यालय स्तर भन्दा माथीका खेलाडी खेलाएको भन्दै फत्तेपुरले आयोजक समक्ष प्रोटेस्ट गरेको हो । फत्तेपुरले दिएको प्रोटेस्टका बारेमा आयोजकले पछि सुनाउने प्रतियोगिता संयोजक सोनु क्षेत्रीले जानकारी दिए ।
यसैगरी दोस्रो खेलमा न्यु एकताले शुभतारा बोर्डिङ स्कुललाई २–० ले पराजित गरेको छ । न्यु एकताको जितमा सुजन खत्री एक्लैले दुई गोल गरे । खेलको म्यान अफ दि म्याच भने कौशुक श्रेष्ठ घोषित भए ।
प्रतियोगिता अन्तर्गत मंगलवार दुई खेल हुदैछन् । आयोजकका अनुसार पहिलो खेल मिसन एकेडेमी विरुद्ध एक्स सर्भिस म्यान र दोस्रो खेलमा जनता माध्यमिक विद्यालय रजघट्टा र लोटस एकेडेमी बीच खेल हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय