पुुष्पराज खतिवडा
२३ माघ २०७८
बडहर्वा ,बारा

सरस्वती पूजाका दिन विद्यालयले सामान्य औपचारिकता समेत नदेखाएको भन्दै बडहर्वा स्थानिय अविभावक रुष्ट बनेका छन् ।

विद्यालय र विद्यार्थीका लागि विशेष महत्वका रुपमा सरस्वाती पूजाका दिनलाई लिने गरिन्छ । तर जीतपुरसिमरा उपमहानगरपालिका १८ बडहर्वामा रहेको विद्यालयले पूजाका दिन समान्य पूजाआजाको कार्यक्रम समेत नगरेपछि स्थानिय रुष्ट बनेका हुन् ।

अविभावहरु समेतको सहभागितामा बर्षेनी विद्यालयमा पूजा हुँदै आएको थियो । यसपटक पूजाको दिन विद्यालय सुनसान पारेर ब्यवस्थापनले गल्ती गरेको स्थानिय अनिता क्षेत्रीले बताउनु भयो । “चारैतिरका स्कुलमा सरस्वती पूजा भैरहेको छ । तर बडहर्वाका बालबालिकाले विद्यालयमा पूजागर्न नपाउनु दुःखद् भयो । शुरक्षा सावधानीका साथ सरस्वती पूजा आयोजना गर्न सकिन्थ्यो । अस्ती सुक्रबार सम्म खुलेको विद्यालयमा आईबार चैं केको डर भयो, ” क्षेत्रीले आक्रोस पोख्नु भयो ।

“नीजि विद्यालय र आसपासका अन्य सरकारी विद्यालयहरुमा धुमधामसँग सरस्वती पूजा भैरहेको छ । विद्यालय र शिक्षाप्रति चिन्तीत ब्यवस्थापनले आवश्यक सावधानीका साथ पूजा गर्ने वातावरण बनाएका छन् । तर बडहर्वा स्कुलका शिक्षक तथा ब्यवस्थापन समिति जिम्मेवार देखिएनन्, ”अर्का स्थानिय अविभावक प्रदिप लामिछाने भन्नु भयो । सरस्वती पूजाका दिनलाई विद्यार्थी भर्ना गर्ने दिनका रुपमा समेत लिने गरिन्छ । जेजे कारण भएपछि पूजा गर्ने वातावरण बनाईनु पर्ने थियो भन्ने वहाँको भनाई थियो ।

यस्तै पूर्व विद्यालय ब्यवस्थापन समितिका सदस्य विमलराज भारतीले गाउँभरीका बालबालिका र अविभावले यसै विद्यालयमा आएर पूजा गर्ने गरेको सुनाउँदै विद्यालयले यसपटक सामान्य पूजाको कार्यक्रम समेत नगरेर लापरवाहि गरेको बताउनु भयो । दुईदिन अघि सम्म विद्यालय खुलेकै थियो । पूजाका दिन थपिँदा राम्रै हुन्थ्यो भारतीले भन्नु भयो ।

यता विद्यालयका प्रधानअध्यापक रामाधार ठाकुरले सरकारी निर्णयको पालना गरेको बताउनु भयो । भौतिक उपस्थीतिमा विद्यालयमा पठनपाठन बन्द गर्ने सरकारी निर्देशन रहेकाले पूजापाठको कार्यक्रम समेत ओझेल परेको वहाँले बताउनु भयो । अन्यत्र विद्यालय कसले के गरिरहेका छन् ,आफुलाई थाहा नभएको प्रधानअध्यापक ठाकुर बताउनु भयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख शिवजी प्रसादका अनुसार भिडभाड नहुनेगरी साँकेतिक रुपमै सरस्वती पूजा गर्ने भनिएको हो । केहीले भिडभाड गरिरहेका छन् । कतै सानसुन छ, कल्लाई के भन्ने ,कसरी कार्वाही गर्ने सिडियो कार्यालयले गर्ला ,वहाँले भन्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय