बडहर्वा,बारा
२४ माघ २०७८
पूर्व पश्चिम लोकमार्गबाट जिल्लाको सदरमुकाम जोड्ने पिलुवा कलैया सडकखण्डमा टिपरका कारण भएको अवरोध हटेको छ ।
सोमबार विहान टिपरले जीतपुरसिमरा उपमहानगरपालिका–१८ को माथ्लो बडहर्वाका पचासबढी घरमा जोडिएको विद्युत लाईनका तार छिनाएको र पोलमा समेत क्षेतीपु¥याएपछि स्थानियले सडक अवरोध गरेका थिए ।
तत्काल विद्युत लाईन मर्मत ,क्षतीपूर्ती र चालकलाई कार्वाहीको माग गर्दै विहान ६ः०० बजेबाट अवरुद्ध सडक साँडे तीनघण्टापछि सुचारु भएको प्रहरीले जनाएको छ । स्थानियको माग पुरा गरिदिने गरी सवारीधनी सकारात्मक भएपछि सडक खुलेको प्रहरी चौकी जैतापुरका प्रहरी सहायक निरिक्षक रामप्रवेश महत्तोले जानकारी दिनुभयो ।
घटनामा संलग्न ना ३ ख ७०८२ नं.को टिपर प्रहरी नियन्त्रणमा छ । चालक फरार रहेकाले खोजीकार्य भैरहेको वहाँले बताउनु भयो ।
स्थानिय भिमसेन भारतीका अनुसार टिपर चालकको लापरवाहीले घरमा जोडिएको विद्युतलाईनका तार र पोलको क्षेती भएको हो । चालकले टिपरको टिलर उठाएर हिड्ेकाले तारमा क्षेती भएको हो । यसबाट सर्वसाधारणको लाखौंका विद्युतिय सामाग्रीमा क्षेती पुगेको वहाँको भनाई छ ।
टिपरको लापरवाहीका कारण धेरैपटक सर्वसाधारणको जनधनको क्षती भएको अर्का स्थानिय जयबहादुर पुलामीले बताउनु भयो । क्षतीपूर्ती र विद्युत लाईन मर्मत तत्काल गरिनु पर्ने वहाँको भनाई थियो । स्थानियको समस्या समाधान नभए टिपर सन्चालन हुननदिने वहाँले बताउनु भयो । विद्युत लाईनमा क्षतीगरि फरार भएको टिपरलाई स्थानियको सहयोगमा प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका १६ को पिलुवाबाट नियन्त्रणमा लिएको हो ।
सवारीधनी ,प्रहरी ,जनप्रतिनीधि र स्थानियका विचमा विद्युत प्राधिकरणसँग समन्वयगरी विद्युतलाईन तत्काल मर्मत गरी सुचारु गर्ने र नोक्सानीको एकिन गरि क्षेतीपूर्ती उपलब्ध सहमती भएको छ । सर्वसाधारणले क्षतीपूर्ती पाएपछि मात्रै घटनामा संलग्न टिपर छाड्ने गरी प्रहरी चौकी जैतापुरमा हस्ताक्षर भएको छलफलमा सहभागि स्थानिय सामाजिक अगुवा बसन्त खतिवडाले जानकारी दिनु भयो ।