
बारा: जिल्लामा खुल्लमखुल्ला घरेलु मदिराको बिक्री वितरण हुने गरेको पाइएको छ । जि कारोबार बढेपनि प्रहरी प्रशासन भने मौन छ ।
जिल्लाको उत्तरी भेगको जैतापुर, पिलुवा, मनहर्वा, गंजभवानीपुर, मधुवन, दहियार, बिसुनपुर लगायतका गाउँबाट स्थानीय बासिन्दाले उत्पादन गरेको अखाध्य घरेलु मदिरा सदरमुकाम कलैया सहित जिल्लाको मुख्य बजार, चौक तथा भारतीय सीमा क्षेत्रका बजार सम्म पुर्याएर खुल्लामखुल्ला बिक्री वितरण भइरहेको छ । प्रहरी भने अनभिज्ञ झैं मौन छ ।
मातहतका प्रहरी चौकीका ईन्चार्जले मासिक रुपमा मोटो रकम लिएर मदिरा उत्पादकहरुलाई शंरक्षण गर्ने गरेको श्रोतको बताउँछ । प्रहरी चौकी बरियारपुरका प्रहरी नायब निरीक्षक अरुण राउतले घरेलु मदिराका तस्कर, उत्पादक र मदिरा ब्यापारीसंग रकम असुल्ने गरेको स्थानीयले जानकारी दिएका छन ।


यसैक्रममा केही दिनअघि महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुवाईनस्थित ना १३ प १३२ नम्बरको मदिरा बोकेको मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिएपपछि मदिरा सहितको मोटरसाइकल प्रहरी चौकी बरियारपुरले नियन्त्रणमा लिइएको छ । नायब निरीक्षक राउतले भने घरेलु मदिरा बोकेको मोटरसाइकल दर्घटना भएको घटना लुकाएर अन्य मात्रै विवरण माथिल्लो निकायमा जानकारी गराएका छन ।
उनले मदिरा बोकेको मोटरसाइकल चालकसंग रकमको चलखेलमा मदिराबारेको विवरण लुकाएको अर्को पक्षका मोटरसाइकल चालकले बताएका छन । यसबाट मदिरा कारोबारीसंग प्रहरीको साँठगाँठ रहेको प्रष्ट हुने स्थानीयको भनाइ छ । यसबाट कारोबारीहरुसंग प्रहरीको संलग्नता देखिएको स्थानीयले दाबी गरेका छन ।
प्रहरी नायब निरीक्षक राउतले तस्कर, मदिरा उत्पादन, मदिरा पसले र अन्य कारोबारीसंग रकम असुल्दै आएको पनि स्थानीयले जानकारी दिएका छन ।
बारामा बढदै गरेको खुल्लमखुल्ला मदिरा बिक्री वितरणका कारण समाजमा चोरी, महिला हिंसा र अन्य अपराधिक क्रियाकलापका घटनासमेत बढेका छन ।