सिमरा, बारा:

ट्रकले किचेर एकजना सह–चालकको मृत्यु भएको छ । सोमबार मध्यान्न ना.६ ख.३७४३ नम्बरको ट्रकले किचेर गम्भीर घाइते भएका सुनसरी जिल्लाको बराहा गाउँपालिका वडा नम्बर– ४ बस्ने अन्दाजी १५ वर्षका संदेश ठाकुरको उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १ स्थित पूर्वपश्चिम लोकमार्गको दुधौरा पुल नजिकै भएको दुर्घटनामा सहचालक ठाकुरको ज्यान गएको हो ।

सुनसरीबाट चामल बोकेर गरी नारायणघाटतर्फ जाँदै गरेको मालवाहक ट्रक दुधौरा पुल नजिकै शौचकालागि रोकिएको र शौचपछि चालकले ट्रक अगाडि बढाउने क्रममा दौडिएर ट्रकमा चढ्ने क्रममा लडेका ठाकुरलाई ट्रकले किचेको प्रहरीको भनाइ छ ।

प्रहरी नायव उपरीक्षक राजेश थापाका अनुसार चालकले गाडी अगाडि बढाउदा अचानक सहचालक ट्रकबाट तल खसेका हुन । सोहि ट्रकको अगाडिको चक्काले ठाकुरको बाँया हात, खुट्टामा किचेको थियो ।

घाइते ठाकुरलाई ट्रकका चालकले ट्रकमा राखी प्रहरी चौकी पथलैया पुर्याएका थिए । गम्भीर घाइते सहचालक ठाकुरलाई प्रहरीले तत्काल उपचारका लागि अल्पाइन अस्पताल सिमरा लगिएको प्रहरीले जनाउको छ ।

सिमरामा प्राथमिक उपचारपछि थप उपचारको लागि वयोधा अस्पताल वीरगन्ज पठाइएकोमा सोमवार साँझ साँढे ६ बजे सहचाल ठाकुरको उपाचारकै क्रममा मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिनुभयो ।

घटनामा संलग्न ट्रक र चालक बराहा गाउँपालिका वडा नम्बर– ४ का रामबाबु चौधरीलाइई सिमरा प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय