बारा
निजी विमान कम्पनीहरुको लापरबाही रोकिएको छैन । तोकिएको समयमा उडान नगर्ने कम्पनीको लापरबाही धेरै समय देखि हुँदै आएक्क हो । तरपनी सुधारमा कम्पनीहरुले चासो देखाएका छैनन् ।
निर्धारित समयलाई बेवास्ता गर्दै विमान कम्पनीहरुले उडान डिले गर्दा हजारौं यात्रु घण्टौं कुर्न वाध्य बनेका छन् ।
मौसम प्रतिकुल हुँदा बाहेकका अनुकुल समयमा समेत तोकिएको समयमा कहिल्यै यात्रा गर्न नपाएको यात्रुले बताएका छन् ।
सिमराबाट काठमाडौ जान श्रीएयरको विमान कुरि रहेका यात्रु सुरेन्द्र कुमार गुप्ताले मंगलबार १:३० बजे प्लेन २:०० समेत नाआएको बताए ।
यस्तै निजी विमानहरुले निर्धारित समयमै उडान गरेको भनेर कहिल्यै सुन्न नपाएको सिमराका स्थानीय रामलाल खत्रीले बताए ।
सिमरा – काठमाडौ – सिमरा दैनिक एक दर्जन बढी उडान हुँदै आएको छ । यति , श्री, बुद्ध लगायत विमान कम्पनीले सिमरा काठमाडौ उडान भर्दै आएको नागरिक उड्यन प्राधिकरण कार्यालय सिमराले जनाएको छ ।