२१ फागुन २०७८
सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्य समितिका लाग शनिबार निर्वाचन भैरहेएको छ ।
३ हजार २८७ जना मतदाता रहेको उपभोक्ता समितिको निर्वाचनमा यो समाचार तयारपार्दा सम्म करिब १ हजार ५०० मत खसेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन अधिकृत मदन बहादुर क्षत्रीका अनुसार १ हजार ५ सय खसेको छ । २ हजार ७०० मत खस्ने आफुले अनुमान गरिएको उनले बताए ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १ को पथलैया वाहेक,२,३,४ नं. वडाहरुसंगै ५ र ६ को केही क्षेत्र समेटिएको उपभोक्ता समितिले जनाएको छ ।
पुर्व समिति अध्यक्ष कासिम हुसेन र राजकुमार भट्टराईको प्यानल चुनाबि मैदानमा छ ।११ सदस्यीय कार्य समितिका लागि हुसेनलाई नेकपा एमाले र राष्ट्रिय जनमोर्चाको साथ छ । यस्तै भट्टराईलाई कांग्रेस , माओवादी , नेकपा एस लगाएत गठबन्धनले साझा उमेदवार बनाएका छन् ।
सिमरा खानेपानीको निर्वाचनलाई आगामी स्थानीय तह निर्वाचनसंग जोडेर चर्चा गरिएको हुँदा बिशेष रूपमा हेरिरहेको स्थानीय श्रीराम रेग्मीले बताए ।