पुष्पराज खतिवडा
बारा
२७ फागुन २०७८
जीतपुरसिमरा उपमहानगरपालिका–१८,मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाले प्रबद्र्धन गरेका जिल्लाका दूईवटा सहकारीको सुक्रबार एक विशेष समारोहका बिच ब्यवस्थापन हस्तान्तरण गरिएको छ ।
मनहर्वा संस्थाले २०७४ श्रावणबाट अनुशरण कार्यक्रमका रुपमा जिल्लाको कलैया उपमहानगरपालिका–१८ मोतीसर र प्रसौनी गाउँपालिका–२,प्रसौनीलाई ब्यवस्थापन जिम्मा लगाएको हो ।
कार्यक्रमको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कंडेलले उद्घाटन गर्नुभएको हो । प्रमुख अतिथि समेत रहनु भएका महासंघ अध्यक्ष कँडेलले नेपालमा गरिबी न्युनिकरण गर्ने महत्वपूर्ण माध्यमका रुपमा सहकारीलाई लिने गरेका बताउनु भयो ।
एकका लागि सबै, सबैका लागि एकको अवधारणमा सहकारीले काम गर्ने भन्दै अध्यक्ष कँडेलले यस्तो अभियानमा जोडिनु भएका सबैमा धन्यवाद दिनु भयो । नेपालको संविधानमा समेत सरकार, सहकारी र नीजि क्षेत्रलाई देश समृद्धिको माध्यम मानेको छ । गरिबी निवारण अभियानका रुपमा सहकारीले आर्थीक सामाजिक विकासमा महत्वपूर्ण भुमिका खेल्दै आएको वहाँले बताउनु भयो ।
यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल कृषि सहकारी केन्द्रिय सहकारी संघ लिमटेडका अध्यक्ष खेमबहादुर पाठकले साना किसान कार्यक्रम र यसले समाज परिर्वतनमा खेलेको भुमिकाका बारेमा चर्चा गर्नु भयो । गरिब विपन्न मुुसहर चमार एवं पछाडी परेका समुदायका महिलाहरुले स्थान र अपनत्व महसुस गर्ने एकमात्र कार्यक्रमका रुपमा साना किसान कार्यक्रम स्थापित भएको अध्यक्ष अध्यक्ष पाठकले बताउनु भयो ।
वहाँले देशका करिब ७५ जिल्लामा साना किसान अभियान संगठित भएको बताउनु भयो । आर्थीक कारोबारसँगै ग्रामिण क्षेत्रमा कृषि उत्पादन वृद्धि, महिला शसक्तिकरण, सिप, क्षमता विकासमा अभियानले महत्वपूर्ण भुमिका निर्वाह गरेको अध्यक्ष पाठकले बताउनु भयो ।
कार्यक्रममा साना किसान कृषि सहकारी संघ लि.बाराका अध्यक्ष मिश्रीलाल सहनी , प्रसौनी गाउँपालिकाका अध्यक्ष भोला प्रसाद गुप्ता उपाध्यक्ष गीता साह , बारा बचत तथा ऋण सहकारी संघ लि.का अध्याक्ष सत्यन्द्र ठाकुर , साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेड
ईलाका कार्यालय हेटौंडाकी प्रबन्धक कृष्ण कुमारी शर्मा, नेपाल पत्रकार महासंघ बाराका उपाध्यक्ष रामबाबु मेहता, विग ईन्टरनेसनल काठमाण्डौका नवराज बुर्लाकोटी, साना किसान कषि सहकारी संस्था लि.मनहर्वाका संचालकहरु ,स्थानिय समाजसेवीहरु र दुबै संस्थाकागरी करिब ६ सय मानिसको सहभागिता रहेको थियो ।
कार्यक्रमका क्रममा अनुशरण कार्यक्रम गर्ने संस्था मनहर्वा र अनुशरित हुने मोतीसर र प्रसौनीलाई परिपक्कताको प्रमाण पत्र वितरण गरिएको थियो । ती संस्थाहरुलाई प्रमुख अतिथी कँडेल र पाठकले प्रमाण पत्र वितरण गर्नु भएको हो ।
साना किसान कृषि सहकारी संस्था मोतीसर र प्रसौनीले छोटो समयमा करिब १ हजार सदस्यका विच झण्डै ८ करोडको कारोबार गर्दै आएका छन् ।
यस्तै आजै जिल्लाको सिम्रौनगढमा भएको अर्को विशेष कार्यक्रमा साना किसान कृषि सहकारी संस्था लिमिटेड तेतरियाले अनुशरण गरेका २ वटा संस्थाहरुको समेत ब्यवस्थापन हस्तान्तरण भएको छ । सिम्रौनगढ नगरपालिकाका साना किसान कृषि सहकारी संस्था लिमिटेड सिम्रौनगढ र कचर्वालाई तेतरियाले ब्यवस्थापन हस्तान्तरण गरेको हो ।