पिलुवा कलैया सडक खण्डको माथ्लो बडहर्वामा जारी अवरोध खुलेको छ ।
प्रहरी ,जनप्रतिनिधि र स्थानीय बीचमा भएको छलफलमा भएको सहमतिपछि सडक खुलेको हो । फरार मोटरसाइकलको खोजीमा तिब्रता दिने , टिपर आतंक न्यूनीकरण गर्ने, सडकमा सिसि टिभी क्यामरा जडान गर्ने र काजकिरिया खर्च ब्यवस्थापन गर्ने सहमति पछी सडक अवरोध हटेको हो । प्रहरीले शुरक्षाको जिम्मा लिएको छ भने जितपुरसिमरा १८ का वडा अध्यक्ष अर्जुन प्रसाद दाहालले पिडित परिवारलाई किरिया खर्च उपलब्ध र सडकमा सिसि टिभी क्यामरा राख्न पहल गर्ने सहमति भएको मृतक बालकका हजुरबुबा पीडित लालबहादुर थापाले बताए ।
स्थानीय केसब थापा मगरको ४ बर्षिय छोरा रियानको बिहीवार बिहान नाम नखुलेको मोटरसाइकलको ठक्करबाट ज्यान गएपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन् । जितपुरसिमरा १८ बडहर्वा घटना भएको हो । साँझ ४- ७ बजेसम्म सडकमा बालकको शव राखी पीडित स्थानीयले सडक अवरुद्ध पारेका थिए ।