मनहर्वा,बारा
१५ चैत्र २०७८
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वाको आयोजनामा मंगलबारबाट ३ दिने वित्तिय शिक्षा तथा ब्यवसायीक ज्ञान तालिम (फिक वान) सुरु भएको छ ।

ग्रामिण उद्यम तथा विप्रेष आयोजना (समृद्धि)को आर्थीक तथा प्राविधिक सहयोगमा आयोजना गरिएको तालिममा कलैया उपमहानगरपालिका–१६, मझौलियाका २५ जना साना किसान महिलाहरु सहभागी भएका छन् ।

तालिममा विषेशगरी सहभागिहरुलाई आम्दानी वृद्धि गर्ने उपायहरुका बारेमा बताईने संस्थाले जनाएको छ । कमजोर आय भएका सदस्यहरुलाई आयश्रोतको पहिचान गर्न सिकाउने , आम्दानी र खर्च ब्यवस्थापन गर्ने तरिका र पारिवारिक बजेट बनाउन सिकाईने संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयो ।

यस्तै तालिमका सहभागिहरुलाई भविष्यमा आईपर्ने आर्थीक ब्यवस्थापनका लागि आजैबाट बचत गर्ने उपायहरु, कर्जा लिने अवस्था, कर्जा रोज्ने, खोज्ने र परिचालक गर्न तालिममा सिकाईने वहाँले बताउनु भयो ।

तालिमका सहभागिहरुलाई संस्थाका फोकल पर्सन एवं सहायक प्रबन्धक मुकुन्दराज यादवले सहजीकरण गरिरहनु भएको छ । संस्थाले समृद्धिसँगको सहकार्यमा कलैया, झिट्कैंया र मनहर्वामा गरी १० वटा तालिम संचालन गर्ने छ । आगामी बैशाष तेस्रो साता तालिम सम्पन्न हुनेगरी कार्यक्रम तय भएको फोकल पर्सन यादवले जानकारी दिनुभयो ।

तालिमको कलैया उमहानगरपालिका वडा नं.–२ का अध्यक्ष राजेश मण्डलले उद्घाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष नयनकला खड्का , संचालक समिति सदस्य रोशा खातुन, श्यामता कुमारी, मुुख्य प्रबन्धक पुष्पराज खतिवडा,कलैया सेवाकेन्द्र प्रमुख जगदिप कोईराला, डेरी ईन्चार्ज मनोज पटेल लगायतको सहभागिता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय