पुष्पराज खतिवडा
बारा
१८ चैत्र २०७८
साना किसान कृषि सहकारी संघ र बारा बचत तथा ऋण सहकारी संघ बाराको संयूक्त आयोजनामा आईबार कलैयामा विशेष कार्यक्रमको आयोजना हुने भएको छ ।

६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्लाको सदमुकाम कलैयामा प्रभातफेरी सहितको विशेष सभाको आयोजना गरिएको साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनीले बताए ।

मर्यादित ब्यवसाय र प्रविधिमा सहकारी भन्ने नाराका साथ सहकारी अभियानका सवल र कमजोर पक्ष केलाउँदै आगामी दिनमा सहकारीलाई उत्पादनसँग जोडेर परिचालन गर्न अभिप्रेरित समेत गर्ने गरी कार्यक्रमको आयोजना गरिएको उनले बताए ।

कार्यक्रमबारे जानकारी दिँदै बारा बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष सत्यन्द्र ठाकुरले ५ सयजना सहकारीकर्मीहरु कार्यक्रममा सहभागि हुने बताए । बरेवा स्थीत होटल दरबारईनको सभाकक्षमा कार्यक्रम हुने छ । उक्त स्थानमा हुने विशेष भेलामा जिल्लाबाट प्रतिनिधित्व गर्ने संघिय एवं प्रदेश सांसद, कलैया उमहानगरपालिका मेयर र प्रमुख जिल्ला अधिकारीलाई आमन्त्रण गरिएको उनले बताए ।

“सहकारीकर्मीहरु संस्थाको ब्यानर ,प्लेकार्ड सहित सहभागी हुने छन् । कार्यक्रम अन्तरगत आईतबार विहान ८ः३० सम्म जिल्ला सहकारी संघको पुरोनो कार्यालय अगाडी भेला हुने छन् । त्यँहीबाट प्रभातफेरी सहित कलैया बजार प्ररिक्रमा गर्दै दरबार होटल पुग्ने कार्यक्रम छ । ” सहकारीकर्मीहरुलाई उत्लासका साथ कार्यक्रममा सहभागिहरु उनले आग्रह गरे ।

यस्तै साना किसान कृषि सहकारी संघ बाराले सहकारी दिवसका दिन जिल्लाका सहकारी संस्थाका कार्यलय विदा गर्ने निर्णय गरेको छ । सो दिन सहकारीले संस्था विदागरी कार्यक्रमहरुमा सहभागिहुन कृषि संघ बाराले आग्रह गरेका संघका सचिब रामएकवाल चौधरीले जानकारी दिए ।

२०१३ साल चैत्र २० गते नेपालमा पहिलो पटक सहकारी संस्था स्थापना भएको थियो । त्यसैको उपलक्ष्यमा हरेक बर्ष चैत्र २० गतेका दिन सहकारीकर्मीहरुले सहकारी दिवस मनाउँने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय