बारा
२०७८ चैत्र २०

पिलुवा – कलैया सडक खण्डमा ४० भन्दा बढी गतिमा सवारी कुदाउन नपाइने भएको छ ।

यस बारेमा जानकारी दिन जितपुरसिमरा उपमहानगरपालिका अन्तरगत ७ किलोमीटर दुरीको ८ स्थानमा जानकारी बोर्ड राखिएको छ ।

यस सडकखण्डमा नियमित दुर्घटना हुन थालेपछि यस्तो नियम लगाइएको ट्राफिक प्रहरी सहायक निरीक्षक ठाकुर भट्टराईले जानकारी दिए ।नियमको उलंघन भए हदैसम्मको कार्वाही हुने उनले बताए ।

उनका अनुसार तिब्र गतिका सवारी दुर्घटनामा परि बालबालिका ,युवा देखि बुढापाका मानिस समेतले ज्यान गुमाइ रहेका छन् । मानिसहरू दिनदिनै दुर्घटनामा परिरहेका छन् । कतिको ज्यान गएको र कतिको अंगभंग भएको अवस्था छ ।

सवारी दुर्घटनाको मुख्य कारण तिब्रगति पाइएपछि स्थानीयको आग्रह र सहयोगमा यस्तो नियम लागाइएको हो ।

यसका अलावा सवारी धनी र चालकलाई समेत यश बिषयमा सुचित गर्ने काम भैरहेको भट्टराईले जानकारी दिए ।

दुर्घटना अन्य कारणबाट समेत हुन सक्ने भन्दै सचेत भैदिन स्थानीय र सवारी प्रयोगकर्तालाइ उनले आग्रह गरे ।
सूचना एवं जानकारी वोर्ड उपमहानगरपालिका वडा नं. १६ र १८ को आर्थिक सहयोगमा तयार गरिएको भट्टराईले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय