बारा
२० चैत्र २०७८

६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बारामा प्रभातफेरी सहित बिशेष कार्यक्रम गरि मनाइएको छ ।
सदरमुकाम कलैया स्थित जिल्ला सहकारी संघ बाराको कार्यालय परिषरबाट सुरु भएको प्रभातफेरी कलैया बजार हुँदै होटल दरबार इन बरेवा पुगेर सभामा परिणाम भएको थियो ।

प्रभातफेरीमा सहकारीकर्मिहरुले सहकारी दिवस सफल पारौं । सहकारीलाई उत्पादनमा लगाउँ । मदिरा मुक्त समाज निर्माण गरौं । दाइजो मुक्त समाज निर्मा गरौं , भन्ने नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनिहरुले नारा समेत लगाएका थिए ।

विशेषसभाको मधेस प्रदेशका प्रदेश सभा सदस्य पारस साहले उद्घाटन गर्नु भएको हो । प्रमुख अतिथि समेत रहनु भएका प्रदेशसभा सदस्य साहले युवा विदेश पलायन रोक्न सहकारीको योगदान रहेको र अझै गर्न सक्ने  बताउनु भयो । तर  वातावरण निर्माणमा राज्यले भुमिका नखेको वहाँको भनाइ थियोे । ठुला बैंक वित्तीय संस्थाहरु किसान मैत्री नभएको वहाँको आरोप छ । उनिहरुलाइ बाध्यत्मक ब्यवस्था गरि किसानले सरल ढंगले कृषि कर्जा पाउने ब्यवस्था गर्नु पर्ने बताउनु भयो । मधेस प्रदेश सहकारी एन पास गर्न भुमिका खेलेको बताउंदै साहले ढिलै भएपनी एन पास भएकोमा खुशी व्यक्त गर्नुभयो ।
प्रदेश सदस्य साहले सहकारी कार्यालय बारामा खोल्न र मालपोतमा सहकारी एन विपरित प्रदेश सरकारले लिँदै आएको रजिस्टेसन शुल्क मिनाहाका लागि पहल गर्ने बताउनु भयो ।

कार्यक्रममा प्रधानमन्त्री आधुनिकीकरण परियोजना कार्यालय बाराका प्रमुख  हेमचन्द्र जैसवाल , उद्योग बाणिज्य संघ बाराका महासचिव रामाशिष साह, पशु तथा भेटनरी विग्य केन्द्र कलैयाका वरिष्ठ पशु  विकास अधिकृत  शंकर साह , कृषि ज्ञान केन्द्र बाराका अधिकृत राजनारायण साह , राष्ट्रिय सहकारी बैंक शाखा कलैयाका प्रमुख श्याम न्यौपाने सिमराका शुरेस लागे लगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा सहकारी पत्रकार समाज बारा अध्यक्ष पुष्पराज खतिवडाले सहकारीको वर्तमान अवस्था र चुनौती बिषयक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

सहकारीले समाज रुपान्तरणमा महत्वपूर्ण भुमिका खेली रहेको भन्दै वक्ताहरुले उत्पादन वृद्धि , बजारीकरण  र यान्त्रीकरण गर्ने काम गर्नुपर्ने धारण राखेका थिए ।

यस्तै कार्यक्रम साना किसान कृषि सहकारी संघ बाराका अध्यक्ष मिश्रीलाल सहनी र बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष सत्यन्द्र ठाकुरको संयुक्त अध्यक्षतामा कार्यक्रम भएको हो ।

बारा बचत तथा ऋण सहकारी संघका अध्यक्ष  ठाकुरको  स्वागत र साना किसान  कृषि सहकारी संस्था इनर्वासिराका प्रवन्धक झपेन्द्र बरालको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय