पुष्पराज खतिवडा
बारा
२९ चैत्र २०७८
दलाल पुँजीवादको पुच्छर समातेर समाजवादको यात्रा सम्भव नभएको नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ्गले बताएका छन् ।
मंगलबार बाराको निजगढमा प्रेस चौतारी नेपाल मधेश प्रदेश कमिटिले आयोजना गरेको स्थानिय निर्वाचन केन्द्रित भेलालाई सम्बोधन गर्दै गुरुङ्गले कांग्रेसको दौराको फेरो समाउँदै समाजवादको वकालत गर्नेहरु चाँडै सक्कीने बताए । अग्रगामी भन्ने तर पश्चगामी, पूँजीवादी शक्तीको साहरा खोज्नेहरु कम्युनिस्ट हुनै नसक्ने जिकीर गरे ।
स्थानिय चुनावसँगै देश दुई दलिय सिस्टममा गएको भन्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख गुरुङ्गले एकातिर एमाले अर्को तिर गठबन्धन मात्रै हुने हुँदा देशमा दुई दलिय अभ्यासको सुवात भएको बताए ।
स्थानिय चुनावसँै माधव नेपालको पार्टी सकिने उनले बताए । त्यस्तै माओवादीको को अस्तित्व पनि स्थानीय चुनाव सम्म मात्रै रहेको उनको भनाई थियो ।
पार्टीमा वढ्दो लोकप्रियतालाई संस्थागत गर्दै चुनावी परिणम आफ्नो पक्षमा पार्न पर्नुपर्ने बेलामा को, कहाँ र कुन पार्टीबाट आए भन्ने कुरा नगर्न गुरुङ्गले आग्रह गरे । जो जहाँबाट भएपनि एमालेमा आएपछि सबैको समान हैसियत हुने हुँदा शंका उपशंकालाई पर सारेर अघि बढ्नु पर्ने धारण राखे ।
कम्युनिस्टहरु पछिल्लो समय आफु केन्द्रित हुँदा जनताको बिचमा भेटिन छोडेको भन्दै पूर्व मुख्यमन्त्री गूरुङ्गले कम्युनिस्टहरु टुरिष्ट जस्तो हुन नहुने बताए । जनता समस्यलाई नजिकबाट केलाएर समाधान गर्ने तर्फ काम गर्ने सच्चा कम्युनिस्टहरुनै एमालेका कार्यकर्ता हुन सक्ने भन्दै उनले पार्टीका कार्यकर्तालाई जनताका विचमा जान, एमालेले गरेका काम र आगामी योजना सुनान पनि पनि आग्रह गरे ।
गुरुङले जातीय, क्षेत्रीय मानसिकताका कारण मधेश पछाडी परेको भन्दै मधेस बिद्रोह र जातीय मानसिकतामा परिवर्तन आउन नसक्नु दुःखद भएको बताए । क्षेत्रिय शक्ति बनाएर मधेसको नेतृत्व गछौं भन्ने स्वार्थ समूहले वाहिय शक्तिसंँग मिलेर मधेसका मुद्दालाई निस्चीत ब्यक्तिको पोल्टो भर्ने काम गर्दा मधेश पछाडी परेको बताएका छन् ।
सम्बोधनका क्रममा समग्र मधेसका समस्या समाधान गर्ने अभिभारा एमालेले बोकेको भन्दै पूर्व मन्त्री समेत गुरुङ्गले भाग्यले मधेसको ढोका ढकढक्याई रहेको बताए । “ भाग्यले सँधै मौका दिँदैन । मधेसको समृद्धि सम्भव छ । अधिकार र आन्दोलनको वहानामा महत्वपूर्ण १६ बर्ष मधेसले खेर फाल्यो ।
यस अवधिमा गण्डकी, बाग्मती र कर्णाली जस्ता विकट प्रदेशले विकासमा फड्को मारेको भन्दै उनले गएर हेर्न आग्रह गरे । त्यहाँ बिकास संभव भयो । तराइ मधेसमा किन भैरहेको छैन” उनको प्रश्न थियो । मधेशका जनताले मनन गर्ने वेला भएको उनको भनाई थियो ।
उनले अघि भने “एमाले सरकारको पालामा तराई मधेसको विकासले फट्को मारेको कुरा नकार्न नसकिने अवस्था छ । अझ धेरै काम गर्नु पर्ने यहाँको अवस्थालाई एमालेले नजिकबाट हेरिरहेको छौं । ”
२८ बर्षमा अरुले गर्न नसकेका महत्वपूर्ण काम एमाले सरकारले २८ महिनामा गरेको सुनाउँदै गुरुङ्गले भने “ गर्न सकिँदो रैछ । एमालेसँंग अनुभव र योजना दुबै छ । ”
मध्य पहाडी लोकमार्ग १७३९ किलोमीटर होस् या पुर्व पश्चिम सडक चौडागर्ने योजना एमाले सरकारले ल्याएका योजना हुन् उनले भने । पुर्वपश्चिम रेल मार्ग, केरुङ्ग–काठमाडौ रेल योजना र तराई मधेसमा बर्षौ देखि रोकिएको हुलाकी मार्ग एमाले सरकारले अघि सारेका मध्य गेमचेन्जर योजना हुन् ।
बिचार र विकासको राजनीति गर्ने पार्टी एमाले । राजनैतिक विचार ठूलो हतियार हो । गन्तव्य बिचार र दृष्ठिकोण सफा भएका नेता केपी शर्मा ओलीले समृद्धिको योजना अघि सार्नु भएकाले नेपाली जनताको अथाह साथ एमालेमा देखीएको उनको भनाई थियो । उनले भने “अरु पार्टीमा खडेरी परेका बेला एमालेमा जनसहभागिताको खोलो बगेको छ । ”
अध्यक्ष ओलीले देश समृद्ध नेपाल बनाउने मार्गको अगुवाई गरिरहनु भएको छ । अरु दल र नेतामा त्यस्तो स्वभाव अनी संभावना दुबै छैन ,पूर्व मुख्य मन्त्री गुरुङ्ग भने ।
कांग्रेससँग सरकार चलाउने खुबी नै नभएको उनले आरोप लगाए । “काँग्रेसँग देश बनाउने , सरकार चलाउने खुबी नै छैन । जान्दैन । माओवादीले सक्दैन । अरुमा त्यो सामर्थ नै छैन, ” उनले भने ।
“मधेसलाई अन्नको भण्डारको रुपमा बिकास गर्ने योजना एमालेले बनाए छ । हामी आयात हैन कृषि उत्पादन निर्यातको मुख्य केन्द्र मधेशलाई बनाउन चाहन्छौं । त्यसको लागी सिंचाईको दिगो ब्यवस्थापन गर्न सुनकोसी –मरिन डाइभर्सन आयोजना अघि सारिएको हो ” उनले बताए ।
कार्यक्रमा एमाले प्रचार विभागको उपप्रमुख विष्णु रिजालले मधेस प्रदेशको प्रतिस्पर्धामा ०७४ मा कमजोर एमाले अहिले बलियो भएको बताए । अवस्था फेरिएको बताए । हिजोको भन्दा जनलहर बढेको छ । एमाले मुक्त मधेस बनाउनेहरुको सपना पूरा नहुने उनको भनाइ थियोे । एमालेले मधेसी समुदायको मन जितेको उनले जिकीर गरे ।
देशको सिमाको वास्तविक रक्षक स्थानीय हुन । हाम्रा बिरोधीले फैलिएको गलत भ्रमबाट मधेस मुक्त हुँदै गएको र एमाले प्रती मधेसमै उल्लेखिय जनलहर बढेको रिजालले बताए । मधेसमै एमालेको जन्म भएको भन्दै उपप्रमुख रिजालले मधेसप्रति एमाले सदैव सकारात्मक रहेको बताए । झापा देखि कंचनपुर सम्मकै मधेशमा एमाले प्रतिको बढ्लो जनलहरले एमाले बलियो शक्तिका रुपमा पुनः स्थापित हुने उनले जिकीर गरे ।
बैशाष ३०को चुनावलाई एमालेले परमादेश र जनादेशका विचमा जनमत संग्रहको रुपमा लिएका छ । केपी ओलिको विकासप्रेमको लोकप्रियताले अताल्लीएका केही नेताको स्वार्थले पार्टीमा अन्तरबिरोध सृजना ग¥यो । त्यसको समयमै मित्रतापुर्ण समाधान गर्न हामीले नसकेकै हो ।
तर अहिले त्यस्तो समस्या छैन । लोभिपापीहरुका कारण उत्पन्न परिस्थीलाई एमालेले ब्यवस्थापन गरेको छ ।
चुनाव केन्द्रित पाँच दलिय गठबन्धन भित्र रहेका सबै दल भित्र ठुलो आन्तरिक कलह छ । तर एमालेमा त्यो लेभलको समस्या नभएको उनले बताए ।
समृद्ध नेपाल निर्माणका लागि सबल श्रमजीवी पत्रकार , प्रेस स्वतन्त्रता र ब्यावसायिक पत्रकारिता प्रेस चौतारी नेपालीको आधार भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष गणेश बस्नेत, पूर्व अध्यक्ष गगन विष्ट, प्रचार विभाग सदस्य चेतन अधिकारी,प्रेस चौतारी नेपालका महासचिब हिरामान लामा, केन्द्रिय सदस्यहरु श्वेता सिंहा,धवेन्द्र कुमार झा,शत्रुघन नेपाल,संजय मिश्रा लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम प्रेस चौतारी मधेश प्रदेश कमिटिका अध्यक्ष फणि महतको अध्यक्षता केन्द्रिय सचिव एवं मधेश प्रदेश ईन्चार्ज कमल कुमार उपाध्यायको स्वागत एवं मधेश प्रदेश कमिटिका महासचिव गौतम श्रेष्ठको संचालनमा सम्पन्न भएको हो ।
प्रेस चौतारी बाराले संयोजन गरेको कार्यक्रममा मधेश प्रदेशका आड जिल्लाका प्रेस चौतारीमा आवद्ध संचारकर्मी एवं नेकपा एमाले पार्टीका कार्यकताहरुको उल्लेखिय सहभागिता रहेको थियो ।