बारा : घरको छतबाट खसेर आईतबार साँझ एक ४ बर्षिय बालिकाको मृत्यु भएको छ । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नं.०२ सिमरा निवासी राजिव रंजन श्रीवास्तवकी ४ बर्षिय छोरी अनु श्रीवास्तवको आफ्नै ४ तले घरको छतबाट खसेर मृत्यु भएको हो ।

छतमा खेल्दै गर्दा तल भुइँमा खसेकी बालिकाको टाउकोमा चोट लागेर अवस्था गम्भिर बनेको थियोे । स्थानिय अल्पाइन अस्पताल सामान्य उपचार पश्चात थप उपचारको लागि वयोधा अस्पताल बिरगंज लागिएको थियो । अवस्था गम्भिर भएकी बालिका अनुको उपचारका क्रममा साँझ साँडे ५ बजे ज्यान गएको बारा प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बारा प्रहरीका प्रहरी नायव उपरिक्षका राजेश थापाले जानकारी दिए । उनका अनुसार अपराहन्न १२ बजेको समयमा घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय