मनहर्वा
१५ बैशाष २०७९
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ उचिडीका एक किसानले पालेको एउटा खसि ८६ हजार रुपैंयाँमा बिक्रि भएको छ ।
स्थानिय किसान सोमन अधिकारी वाग्लेले डेढबर्ष अघि १७ हजार रुपैंयाँमा किनेर पाल्नु भएको जमुनापारि जातको खसी अहिले ८६ हजार रुपैंयामा बिक्रि भएको हो ।
सो खसी भारतीय शहर घोडासनका नागरिकले किनेका हुन् । जिउँदो जोख्दा १ सय किलो भएको खसीको प्रतिकेजी ८६० रुपैंयाँका दरमा मोल टुङ्गो लगाईको हो ।
वाग्लेले अन्य तीनवटा खसी समेत पाल्नु भएको छ । त्यस मध्ये एउटा जमुनापारि र दुईवटा बोयर जातका छन् । तीनवट खसि न्युनतम ६० केजीका छन् ।
डालेघाँससँगै कुखुराको दाना, खोले र पानी खुवाएर खसी स्याहार गर्ने गरेको वहाँले बताउनु भयो । वाग्लेका अनुसार गतबर्ष पनि यसै गरी एउटा खसी ६७ हजारमा विक्रि भएको थियो ।
धेरै पाल्दा स्याहार गर्न समस्या हुने भएकाले अन्य पशुसँगै ४।५ वटा खसी पाल्दै आएको वहाँले सुनाउनु भएको । एउटा दुहुनो गाईसँगै पालिएका खसी विक्रि गरेर घरखर्च चलाउन सहयोग पुग्ने गरको वहाँको बताउनु भयो ।