बारा
२४ बैशाष २०७८
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ दशधुरे टोलकी १२ बर्षिय बालिका बलात्कार भएकी छन् । उनीमाथी सुक्रबार साँझ सामुहिक बालिका बलात्कार गरेको आरोपमा प्रहरीले दुईजना ५० बर्षका मानिस सहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्रउ परेकाहरुको नाम प्रहरीले राखेको छ । जस्मध्य २ जना १६ बर्षका नाबालक समेत भएको स्थानियले बताए । उनीहरुलाई प्रहरीले शुक्रवार ५ बजेको समयमा नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका मध्य एकजनाले वालिकालाई ललाई फकाई आफ्नै घरमा बोलाएर पालैपाले करणी गर्ने क्रममा स्थानियले देखेपछि उनीहरुलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए ।
४ः३० बजेको समयमा रंगेहात समातियका उनीहरुलाईस्थानियले कुटपिट समेत गरेका थिए । पक्राउ परेका मध्य एकजना स्थानिय दुर्गा मन्दिर ब्यवस्थापन समितिको पुर्व अध्यक्ष समेत भएको खुल्न आएको छ ।
ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक राज किशोर साहले चारैजनालाई प्रहरीले नियन्त्रणमा लिएको र हिरासतमा राखेर अनुसन्धान भैंरहेको बताएका छन् । बालिकाको स्थानिय स्वास्थ्य संस्थामा स्वास्थ्य परिक्षण गरिएको र अवस्था सामान्य रहेको उनले बताए ।
यता बलात्कार आरोपमा पक्राउ परेका एकजना एमाले कार्यकर्ता भएको प्रचार गरिएको भएपनि एमालेका वडा नं.१ का वडाध्यक्षका उमेदवार हिरा बस्नेतले आरोपी आफ्नो पार्टीको समर्थक भएपनि कुनैपनी जिम्मेवारीमा नरहेको बताए ।
उनले जो भएपनि बलत्कार जस्तो जघन्य अपराधमा संलग्न भएको पुष्टि भए कानुबमोजिम कडा कार्वाही गर्नु पर्ने भन्दै अपराधीको कुनै जात धर्म पाटी नहुने धारण ब्यक्त गरे ।