३० बैशाष ०७९
बारा :पचरौता नगरपालिका २ मा मतदान रोकिएको छ । नेकपा एमाले र जनता समाजवादीका कार्यकर्ताहरूबीच झडप हुँदा मतदान रोकिएको हो ।

प्रहरीका अनुसार झडप रोक्न आधा दर्जन अश्रुग्यास प्रहार भएको छ । उक्त स्थानमा दुवै पक्षका केही घाइते भएका छन् । उनीहरुको स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ ।

विवादका विच केही मतपत्र पनि च्यातिएको स्थानीयहरूले बताएका छन् ।
मुख्य निर्वाचन अधिकृत खिलानाथ रेग्मीका अनुसार घटना स्थलमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ । पुन मतदान प्रकृया अघाडी बढाउने प्रयास भैरहेको उनले बताए ।

यस्तै देवताल गाउँपालिका वडा नं.७ पिपरपातीमा पनि कांग्रेस र लोसपाका कार्यकर्ताबीच झडप हुँदा मतदान केही बेर रोकिएको थियो । उमदवार र पाटी पैतिनिधिहररुको सहमतीमा केहीबेर अघिबाट मतदान सुरू भइसकेको छ । पिपरपातीमा झन्डै साढे २ घण्टा मतदान रोकिएको बारा प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

जिल्लाको प्रसौनी गाउँपालिका वडा ६ बेलहियामा समेत झडप भएको थियो । केहीबेर अघिबाट पुनः मतदान सूरु भएको बुझिएको छ । यसैगरी जिल्लाको पचरौता नगरपालिका वडा नं ४ स्थित बेलदारी मतदान केन्द्रमा जसपाका कार्यकर्ताले नक्कली मत खसाउन लागेपछि विवाद उत्पन्न भएपछि अहिले मतदान रोकिएको छ ।

यससँगै पचरौताका वडा २ का दुई वटा मतदान केन्द्र र वडा ४ को एउटा मतदान केन्द्रमा गरी दुई मतदान केन्द्रमा मतदान रोकिएको प्रहरीले जनाएको छ ।

विवाद भई मतदान रोकिएका स्थानहरुमा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालको सहित सुरक्षा प्रमुखहरूको टोलीले सहजीकरणका लागि जानु भएको सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेडांईले जानकारी दिए ।
उनका अनुसार अन्यत्र शान्तिपूर्वक मतदान भैरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय