बारा : कलैया उपमहानगरपालिका वडा नं.२४ बेलवाडी श्रीपुरकी एक १५ बर्षिया किशोरी छात्राको उपचारमा समस्या भएको छ । स्थानिय मसायन अंसारीकी छोरी सुविना खातुनको आर्थीक अभावका कारण उपचारमा समस्या भएको हो ।
स्थानिय नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनहर्वाको कक्षा ८ मा पढ्दै गर्दा गत भदौबाट उनमा जिउ सुन्निने, हातगोडा गल्ने , अकास्मात बेहोस हुने जस्ता समस्या हुँदै आएको बालिकाका बाबुले बताए ।
उनको उपचारका लागि कलैया, विरगजं र सिमापारी नजिकैका भारतीय अस्पताल सम्म लगेको सुनाएका अंसारीले हाल सम्म ५ लाख बढी रुपैंया खर्च भएको बताए । रोग पत्ता नलाग्दै लाखौं खर्च भयो । डाक्टरहरुले ब्लडमा इन्फेक्सन भएको र उपचार गर्दा निको हुन्छ भनेका छन् । कर्र्जा सापटी गरेर अहिले सम्म गरेको खर्चबाट छोरीको स्वास्थ्यमा खासै सुधार भएन । ठुला शहरका ठुला अस्पताल लैजान मसँग पैसा छैन, उनले भने ।
बालिकाका बाबु मसायनले छोरीको थप उपचारका लागि सहयोगको याचना गरेका छन् । आँखा भरी आँशु पार्दै उनले संचारकर्मीसँग भने “मेरो छोरीको ज्यान जोगाईदिनुस् । म छोरीलाई काठमाडौंका ठुला अस्पतालमा उपचार गराएर निको पार्न चाहन्छु ”
सरसापटी दिने र पाउने ठाउँबाट पाएको थिँए । कतिपयलाई त फिर्ता गर्नुपर्ने बेला भयो । अबत कर्जा सापटी पाउन गारो भएको छ । टेक्टर चलाएर ७ जनाको जहान पाल्दै आएको छु । सम्पतीको नाममा फुसको घर र १० धुर जमिन मात्रै हो ,अंसारीले सुनाए ।
उनको कमजोर आर्थीक र पारिवारिक अवस्थाका कारण छोरीको उपचार गर्न समस्या भएपछि स्थानियले चन्दा संकलन गर्ने भएका छन् । शनिबार श्रीपुरमा बसेको स्थानिय भद्रभलादमीहरुको बैठकले सहायोग संकलन गर्ने निर्णय गरेको स्थानिय सन्तोष ठाकुरले बताए ।
कक्षा ८को परिक्षा दिएकी बालिका सुविना ईमान्दार र क्षमतावन छात्रा भएको विद्यालयका प्रधानअध्यापक हरिकिशोर कुँवारले बताए । उनको उपचारमा सहयोग पुग्ने गरि विद्यालयमा समेत अर्थ संकलन गर्ने छौं । तपाई हामी सबै मिलेर बालिकाको उपचारमा सहयोग गरौं, उनले भने ।
सहयोग गर्न चाहने मनकारीहरुका लागि पिडित बालिका पिता मसायन अंसारीको बाराको कलैयामा रहेको प्रभु बैंक लिमिटेडमा रहेको बचत खाता नं. ०७७०१९००४६८७४१०००००१ हो यो । अंग्रेजीमा बैंक खातावालको नाम : MASAYAN ANSARI खाता नं. 07701900468741000001
फोटोमा : पिडत बालिका, उनका पिता मसायन र बैंक खाता ।