सिमरा: नेपाल अपाङ्ग सेवा संघ बाराको ७ औं जिल्ला अधिवेसनबाटआगामी ३ बर्षका लागि गंगा प्रसाद वाग्लेको अध्यक्षतामा १३ सदस्य जिल्ला कार्यसमिति गठन गरेको छ ।

शनिबार सिमरामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा ठाकुर प्रसाद ढुङ्गेल ,सचिवमा सुनिल कुमार यादव, सहसचिवमा कमला चौलागाई र कोषाध्यक्षमा शंकर दाहाल सर्वसहमतिबाट चयन भएका छन् ।

यस्तै सदस्यहरुमा चन्दा कुमारी साह, गोदावरी साह, रंजिता कुमारी साह , सुधिर चौधरी प्रयाग महत्तो, मोहनलाल पुडासैनि, जितेन्द्र प्रसाद पटेल र रामानन्द साह चयन भएका छन् ।

कार्यक्रम जितपुरसिमरा उपमहानगरपालिकाका नवनिर्वाचित मेयर राजन पौडेलको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा पालिकाका उपमेयर एवं अपाङ्ग सेवा संघ बाराका संस्थापक अध्यक्ष भोला प्रसाद अधिकारी लगायतको सभागिता रहेको थियो ।
कार्यक्रम संस्थाका निर्वमान अध्यक्ष धन प्रसाद बजगाँईको अध्यक्षतामा सम्पन्न भएको हो ।

अध्यक्षमा चयन वाग्ले दोस्रो पटक संघको अध्यक्ष चुनिएका हुन् । उनी यसअघि २०७३ सालमा ५औं अधिवेशनबाट समेत अध्यक्ष भएर काम गरेका ब्यक्ति हुन् ।

उनको कार्यकालमा संघले जग्गा ब्यवस्थापन गर्दै भवन निर्माण लगायका काम गरेको थियो । हाल ५८ सदस्य अपाङ्ग सेवा संघले जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ मनकामना टोलमा आवाशिय शिक्षालय समेत संचालन गर्दै आएको छ ।

सो शिक्षालयमा बैरा तथा सुस्त श्रवण भएका ३५ जना बालबालिकाले आवासिय रुपमा विशेष शिक्षा लिँदै आएका छन् ।

संघको करिब २ कठ्ठा क्षेत्रफलमा विध्यालय र आवसिय भवन तथा कार्यालय रहेको संघका कोषाध्यक्ष शंकर प्रसाद दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय