बारा: सर्वोच्च अदालतको कदम विरुद्ध निजगढबासीले आन्दोलन चर्काउँदै लगेका छन् । उनीहरुले दैनिक रुपमा चक्काजाम ,मशालजुलुस लगायतका आन्दोलनका कार्यक्रम गर्दै आएका छन् ।
निजगढमा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा सर्वोच्चले रोक लगाएको विरोधमा स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको अगुवाईमा आन्दोलन चकिंदै गएको हो ।
दैनिकरुपमा पूर्वपश्चिम लोकमार्गमा स्थानीय युवाहरुले दैनिक रुपमा नाराजुलुस, धर्ना सहित चक्का जाम गरिरहेका छन् ।
गत सुक्रबारबाट दैनिक रुपमा विहान ८ देखी १० बजे सम्म लोकमार्गमा आवागम ठप्प पारिँदै आएको छ ।
विहान सडक अवरुद्ध गर्ने र साँझ मसाल जुलुस निकालेर युवाहरुले सर्वोच्चको आदेशका विरुद्ध आन्दोलन चर्काई रहेका छन्, स्थानिय समिर लामाले बताए ।
यूवाहरुले सुरु गरेको आन्दोलनमा निजगढका नगारिकहरुको सहभागिता बढीरहेको समेत उनले बताए ।
सोही क्रममा आईतबार विहान भएको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारी साधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका थिए ।
धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकासप्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाउँदै आएका छन् ।
उनीहरूले सर्वोच्च अदालतको विकास विरोधी आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
आजबाट साँझ ७ बजे राजमार्गमा धर्ना र राँके जुलुश प्रदर्शन दुबै गर्ने कार्यक्रम रहेको यूवा सरोकार मञ्चका श्यामकृष्ण घिमिरेले बताए ।
यसैगरी काठमाडौमा बस्दै आएका निजगढवासीले समेत दैनिक रुपमा माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका छन् ।
गत विहिबार सर्वोच्चको फुलकोटबाट निजगढमा निर्माणका क्रममा रहेको अन्तराष्टिय विमान स्थल निर्माणमा रोक लगाउने आदेश गरेको थियो ।
सोको जिल्ला र मधेश प्रदेशभरी विरोध भैरहेको छ ।