२९ जेष्ठ ०७९
बारा
आफ्नै छोरी माथी यौन दुब्र्यवहारको आरोप लागि हिरासतमा रहेका पार्टी कमिटि सदस्य एवं आसन्न स्थानिय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित टल्के थिङ्गलाई पार्टिले निलम्बन गरेको छ ।
नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका वडा नं. १७ पार्टी कमिटीले आईतबार विज्ञप्ती जारी गर्दै निलम्बन बारे जानकारी गराएको हो ।
“न्यायिक हिरासतमा रहेका थिङ्गलाई विना पूर्वाग्रह उचित छानविन गरि निजलाई सम्बन्धीत निकायबाट सफाई नपाए सम्मका लागि निलम्बन गर्दछौं । साथै निज उपर सहि सत्य छानविन गरी दोषी ठहर भए कडा भन्दा कडा सजाँयको सम्बन्धीत निकायसँग माग गर्दछ” वडाकमिटी अध्यक्ष रुपलाल पाख्रिनद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
थिङ्गलाई उनकै छोरीको जाहेरीमा गत बुधबार प्रहरीले पक्राउ गरि ईलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखी अनुसन्धान गरिरेहको छ ।
उनी माथी हाल १९ बर्षकी आफ्नै छोरीले आफु १४ बर्षको हुँदाबाटै पटकपटक यौन दुब्यवहार(बलात्कार) गरेको आरोप लगाएर उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।