बाराको अमलेखगंजमा ट्रकको ठक्करबाट सोमवार बिहान मोटरसाईकलमा सवार एक दम्पतीको मृत्यु भएको छ । चितवनबाट बारातर्फ आउँदै गरेको मोटरसाईकललाई सोही दिशाबाट आईरहेको ट्रकले पछाडीबाट ठक्कर दिँदा दुर्घटना भएको हो ।

अमलेखगंजको दुई नम्बर पुल नजिकै भएको दुर्घटनामा परी बारागढी गाँउपालिका १ का २६ वर्षिय देवेन्द्र चौधरी र उनकी पत्नी नन्द चौधरीको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

प्र ०३–००४ प १५१७ मोटरसाईकललाई सोही दिशाबाट आईरहेको ना७ ख ३९४८ नम्बरको लहरी ट्रकले ठक्कर दिएको थियो । ठक्करपछि सडकमा लडेका उनिहरुलाई सोही ट्रकले किचेपछी दम्पतीको घटनास्थलमै मृत्यु भएको हो ।

उनिहरुको शव शल्य परिक्षणका लागि कलैया अस्पताल लगिएको छ ,भने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

यो संगै पछिल्लो १२ घण्टामा बारामा चार जनाले दुर्घटनामा ज्यान गुमाएका छन् । यसअघि बाराको बाराको महागढीमाई नगरपालिका ८ स्थित थलही पुलबाट आईतवार राती मोटरसाईकल खस्दा दुई जनाको मृत्यु भएको थियो ।

बरियापुरबाट लंगडा चोकतर्फ जादै गरेको बा प्र. ०२–०३–००४प. ७९३४ नम्बरको मोटरसाईकल राती १०ः३० बजे पुलबाट तल खस्दा मोटरसाईकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुवर्ण गाँउपालिका ७ का ३५ वर्षिय विरुलाल यादव र भारत मोतिहारी पूर्वि बिहार चम्पारण समरपुर २ का ३० वर्षिय मेवाचन्द्र राय यादव रहेका छन् ।

पुलबाट करिब २५ फिट तल मोटरसाईकल खसेपछि घाईते भएका उनिहरुलाई उपचारका लागि कलैया अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवै जनाको मृत्यु भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय