दाङ: लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले वितण्डा मच्चाएपछि मंगलबार प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

तुलसीपुर उपमहानगरपालिका-५ बसपार्क स्थित एकराज बस्नेतको घरमा पुगेर उनका श्रीमती र छोरीलाई हातपात सहित दुब्र्यवहार गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । हातपात गरेको खबर पाएपछि स्थानीयले राज्यमन्त्री वलीलाई बस्नेतको घरमै थुनेर प्रहरी बोलाएका थिए ।

महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई नियन्त्रणमा लिएको हो ।
तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एकजना महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए ।

बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले मेरो लोग्ने खोई निकाल भन्दै बस्नेत पत्नी र बालख छोरीलाई समेत हातपात गरेको आरोपमा उहाँलाई अहिले हाम्रो नियन्त्रणमा राखेका छौं,’ प्रहरी निरीक्षक स्वारले भने, ‘घटनाबारे बुझिरहेका छौं ।’

वली र बस्नेत विच राजनैतिक दौरान प्रेम बसेसँगै विवाह समेत गरेको घटना केही बर्षअघि बाहिर आएको थियो । वलि श्रीमान गुमाएकी एकल महिला समेत हुन् । उनी नेकपा माओवादी पार्टी कोटामा मन्त्री भएकी महिला हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय