४ असार २०७९
कलैया,बारा: कर तिर्नु सबैको दायित्व भएकाले त्यसबारे जानकारी हुन जरुरी भएको जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र साहले बताउनु भयो ।

जिल्लाको कलैयामा आईतबारबाट ३ दिने कर ब्यवस्थापन तालिम सुरु उद्घाटन गर्नुहुँदै प्रमुख अतिथी समेत रहनु भएका सभापती साहले राज्यले तोकेको रक तिर्नु नागरिकको कर्तब्य भएको बताउनु भयो । वहाँले सहकारीहरु सेवामुखी ब्यवसाय समेत भएको हुँदा कारोबारको नियमित परिक्षण गर्दै राज्यले कर तिर्नु पर्ने बताउनु भयो ।

यस्तै जिल्ला समन्वय समिति उपसभापति चन्डीका उप्रेती सापकोटाले ब्यवसायमा लेखा र कर महत्वपूर्ण हुने भएकाले त्यसबारेमा जानकारी अत्यावश्यक हुने बताउनु भयो । राज्यले तोकेको कर तिर्ने कुरालाई ब्यवस्था गर्न नहुने भन्दै वहाँले समयमा कर तिर्ने विषयका बारेमा नजान्दा , अटेर गर्दा जोखिम हुने बताउनु भयो ।

कतिले ठुलो रकम जरिवाना तिर्नुपरेको सुनाउँदै उपसभापती सापकोटाले जरिवाना बाहकेका अन्य प्रशासनिक कार्वाही समेत हुन सक्ने भएकाले कर तिर्ने सम्बन्धमा सचेत हुनु पर्ने बताउनु भयो ।

जिल्लाका १६ वटा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष, लेखा समिति संयोजक, प्रबन्धक र लेखाको काम गर्ने काम गर्ने कर्मचारीहरु तालिममा सहभागि गराईएको संघले जनाएको छ ।

विद्यमान कर सम्बन्धी कानुन, सहकारीले पालन गर्नु पर्ने सहकारी विभागले जारी गरेको एकिकृत निर्देशनलाई प्रभावकारी कार्यान्वयनमा सहयोग पु-याउने उदेश्यले तालिमको आयोजना गरिएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनीले बताउनु भयो ।

सहभागिलाई चार्टड एकाउण्ट धिरज कोईरालाले प्रशिक्षण दिनु हुने छ, भने तालिम ७ गते सम्म संचालन हुने संघ अध्यक्ष सहनीले जानकारी दिनु भयो ।

कार्यक्रममा कृषि संघ बाराका कोषाध्यक्ष विन्दा सिंह, सदस्यहरु अस्तुर्नी देवी चौधरी र जयकिशुन चौधरीका साथै डुमरवाना साना किसान सहकारी संस्थाका अध्यक्ष विश्वनाथ लामिछाने लगायतको सभागिता रहेको थियो ।

तालिम उद्घाटन कार्यक्रम साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष सहनी अध्यक्षता, उपाध्याक्ष नयनकला खड्काको स्वागत र मनहर्वा संस्थाका मुख्य प्रबन्धक पुष्पराज खतिवडाको संचालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय