पुष्पराज खतिवडा
७ असार २०७९

कलैया,बारा: साना किसान कृषि संघ लिमिटेड बाराले आयोजना गरेको ३ दिने कर ब्यवस्थापन तथा अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।

जिल्लाको सदरमुकाम कलैया स्थीत होटल करणराजमा आईतबारबाट संचालित ३ दिने तालिम आज सम्पन्न भएको हो । तालिमको जिल्ला समन्वय समितिका सभापति नरेन्द्र साह र उप सभापती चन्डीका उप्रेती सापकोटाले उद्घाटन गर्नु भएको थियो ।

जिल्लाका मनहर्वा, डुमरवाना, सपही, प्रसौना, तेतरिया, भोडाहा फत्तेपुर लगायत १६ वटा साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष, लेखा समिति संयोजक, प्रबन्धक र सहायक कर्मचारीहरु तालिममा सहभागि थिए ।

विद्यमान कर सम्बन्धी कानुन, कर तिर्ने डिजिटल विधि, सहकारीले पालन गर्नु पर्ने एकिकृत निर्देशनलाई प्रभावकारी कार्यान्वयनमा सहयोग पु¥याउने उदेश्यले तालिमको आयोजना गरिएको जिल्ला कृषि सहकारी संघका अध्यक्ष मिश्रीलाल सहनीले बताउनु भयो ।

सहभागिलाई सि.ए. धिरज कोईरालाले प्रशिक्षण दिनु भएको हो । सहभागिहरुले तालिम निकै फलदायी र समय सापेक्ष भएको बताए ।

सहभागीहरुलाई कृषि संघ बाराका अध्यक्ष सहनी, उपाध्यक्ष नयनकला खड्का, कोषाध्यक्ष विन्दा सिंह, सदस्य जयकिशुन चौधरी, साना किसान सहकारी संस्था लिमिटेड डुमरवानाका अध्यक्ष विश्वनाथ लामिछाने र प्रशिक्षक कोईरालाले संयूक्त रुपमा प्रमाण पत्र वितरण गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय