१२ जेष्ठ २०७९
जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ मा रहेको मौवादेवी यूवा क्लबले शनिबार जतप्रनिधीहरुलाई सम्मान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०७९ को अवसरमा बडहर्वा चौकमा रहेको क्लवको भवनमा आयोजना गरिएको कार्यक्रममा ३ महिला सहित ५४ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी रक्त संचार केन्द्र विरगजं पर्साको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । सोसाईटीका पर्साका प्रमुख शौरभ पाण्डेको नेतृत्वमा प्राविधिक टोली आएको थियो ।
कार्यक्रममा क्ललका अध्यक्ष दिपेश दाहाल , सचिव जगदिप कोईराला, सदस्यहरु सुमन खतिवडा,रमेश खतिवडा, निर्मल यादव, मधुकर लामा, सन्त वाईवा, जलेन्द्र चौधरी, सुनिता कोईराला लगायतकाले रक्त दान गरेका थिए ।
यस्तै सोही कार्यक्रमको अवसरमा क्लबले जितपुरसिमरा उमहानपालिकाको वडा नं. १७, १८ र कलैया उमहानगरपालिकाका २४ का अध्यक्षलाई सम्मान गरेको हो ।
१८ का चतुरबाबु वाग्ले, १७ का भिम बहादुर गंतान, र कलैया २४ का हिरालाल चौधरीलाई क्लबका अध्यक्ष दिपेश दाहालले कदरपत्र सहित सम्मान गरेका हुन् ।