बारा १२ असार :
साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा बाराले आफ्ना २ सय ५० जना बढी महिला सदस्यलाई ३ दिने वित्तिय शिक्षा तथा ब्यवसायीक ज्ञान तालिम दिएको छ ।

जितपुरसिमरा उपमहानगगरपालिका–१८ मा रहेको सहकारी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालय अन्तरगतको ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) सँगको सहकार्यमा तालिम संचालन भएको हो ।

कार्यक्रम अन्तरगत संस्थाले आर्थीक रुपमा पछाडी परेका समुदायका महिलाहरुलाई २५ जनाको समुहमा विभिन्न १० स्थानमा ३ दिन सम्म तालिम दिएको हो ।

तालिमका सहभागिहरुलाई पैसाको सदुपयोगिता , आय आर्जन गर्ने विधि र खर्चमा मितब्ययी बन्ने तरिका लगायत विषयमा संस्था कर्मचारी मुकुन्दराज यादवले सहजीकरण गर्नु भएको हो ।

कलैया उपमहानगरपालिको वडा नं.२४ को श्रीपुर, १६ को मझौलिया, झिट्कैँया र सोनरनिया २ को दोहरी तालिम भएको हो । यसैगरी वडा नं. ४ को कलैया गाउँ र वडा नं. २६ को महेशपुरमा समेत तालिम संचालन भएको संस्थाकी अध्यक्ष नयनकला खड्काले जानकारी दिनु भयोे ।
गत चैत्र ११ बाट सुरु भएको तालिम २०७९ असार ११ गते मात्रै सम्पन्न भएको हो, वहाँले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय