१९, असार बारा: निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भनिएको बाराको जितपुरसिमरा उपमहानगरपालिका– १६ को टाँगियाबस्तीका कारण पूर्जा वितरणमा समस्या भएको राष्ट्रिय भुमि आयोग बाराका अध्यक्ष छविलाल उप्रेतीले बताएका छन् ।

शनिबार प्रधानमन्त्री शेर बहादुर देउवा सहित सत्ता गठबन्धनका शिर्ष नेताहरु बारा आएको बेला बस्तीको उचित निकासका सम्बन्धी कुराको उप्रेतीले आशा गरेका थिए । तर उनको आशा पुरा भएन निरास बनेर घर फकिँदै गरेका उप्रेतीले नेताहरुले अलपत्रे कुरा गरेर गएको बताए ।

प्रधानमन्त्री सहितका शिर्ष नेताहरुले निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाएरै छाड्ने बताईरहेका बेला आयोगका अध्यक्ष उप्रेती भने टाँगियाबस्तीको निकासका बारेमा नेताहरुबाट केही कुरा आउँछकी भनेर सुनिरहेका थिए ।

तर गठबन्धनमा आवद्ध दलका ५ नेताहरुले पालैपालो बोल्दापनि उनले देखेको समस्या तत्काल समाधान हुनेगरी बोलेनन् । टाँगियावस्ती तत्काल ब्यवस्थापन गर्ने विषमा कुनै नेताले नबोलेपछि प्रधानमन्त्रीलाईनै प्रस्न गर्न तम्सीएका उप्रेतीले प्रश्न गर्न भने नपाएको बताए ।

प्रधानमन्त्रीसँग कुरा राख्न नपाएपछि संचारकर्मी समक्ष आयोगले विमानस्थल निर्माण हुने क्षेत्रको बस्तीका करण समस्या भैरहेको सुनाए । “आयोगको काम अघि बढाउँदा टाँगियाबस्तीमा दशबर्ष देखी बसोबास गरेका परिवारलाई लालपूर्जा दिनेकी नदिने दुविधा भएकोे छ । आयोगले आवेदन बुझेको ३५ दिनभित्रमा पूर्जा वितरण गरिसक्नु पर्ने कानुनमा उल्लेख छ । ”

“टाँगियाबस्तीका विषयमा नेताजीहरुले बोल्नु भएको कुरा अलपत्रे बोलेको जस्तो लाग्यो । किने भने टाँगियालाई यती विगाह यो क्षेत्रबाट दिने भन्ने कुराको निर्णय सुनाईनु पथ्र्यो । नेपाल सरकारले उनीहरुलाई अन्त सार्ने ग्यारेन्टी नगरे सम्म मलाई पूर्जा वितरणको काम गर्नै समस्या भयो”, उप्रेतीले भने ।

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्ने सन्देश दिन बारा आएका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु समक्ष उनले यसै विषयको जवाफ खोज्ने प्रयास गरेका थिए । तर नपाएको उनले गुनासो गरे ।

विमानस्थल निर्माण गर्ने सम्बन्धी छलफल सकिनासाथ प्रधानमन्त्री शेर बहादुर देउवालाई मेरो एउटा प्रश्न छ, भन्दै समस्या राख्न खोजेका उप्रेतीलाई देउवाले पछि प्रश्न गर्न भन्दै रोकेका थिए ।

प्रधानमन्त्रीले उनको कुरा सुन्न नचाहेपछि कार्यक्रम स्थलबाट बाहिरिँदै गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड , नेकपा (उकिकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई सुनाएका थिए । प्रचण्डले यस विषयमा चाँडै निकास दिन सरकारमा कुरा राख्छु भन्नु भयो, उप्रेतीले बताए ।

माधव नेपालले भने टाँगियाका जनतालाई कोल्हबीमा जढिबुटी भएको क्षेत्र वा डुमरवानामा रहेको चिनीमिलको जग्गामा सार्ने दुई विकल्पमा कुरा भैरहेको सुनाउनु भयो । तर कहिले भन्ने जानकारी पाईएन उप्रेतीले बताए । अरु नेतासँग कुरा राख्नै पाईएन । नत वहाँहरुबाटनै खासै कुराहरुनै आए, उनले भने ।

“विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रमा रहेको टाँगियाबस्तीमा झण्डै २ हजार घरघुरी छन् । प्रकृयामा जाँदा उनीहरुलाई समेत पूर्जा दिनुपर्ने बाध्यता हुन जान्छ । सरकारले सुकुम्बासीका समस्या समाधान गर्ने हो भने , अन्तराष्ट्रिय विमानस्थल बनाउने नै हो, भने तत्काल यो बस्तीको ब्यवस्थान गरिदिनु पर्दछ, उप्रेती बताए ।

यस्तै आयोग अध्यक्ष उप्रेतीले पालिकाहरुले सुकुम्बासीको समस्या समधानका लागि सहयोग नगरेको गुनासो समेत गरेका छन् । उनले भने, “ आयोग गठन भएको अढाई महिना भयो । हामिले पालिकाहरुलाई सुकुम्बासीका आवेदन उपलब्ध गराईदिन आग्रह गरेका गरै छौं । कसैले हाम्रो आग्रहलाई वास्ता गरेको छैन ।

हाल सम्म एउटा पालिकाले पनि सुकुम्बासीका आवेदन आयोगमा बुझाएका छैनन् । सुकुम्बासी समस्या समाधान गर्न किन सहयोग भएको छैन, अचम्ममा छु”

फोटोमा : भुमि आयोगका जिल्ला अध्यक्ष छविलाल उप्रेती ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय