बारा
२० असार २०७९

करेन्ट लागेर सोमबार विहान एक बालकको मृत्यु भएको छ । जिल्लाको परवानिपुर गाउँपालिका वडा नं. ५ बहुअरी बस्ने उपेन्द्र प्रसाद पटेलका छोरा ११ बर्षका प्रिन्स पटेलको मृत्यु भएको हो ।

आफ्नै घरको पानि धारामा जडान गरिएको विद्युतिय मोटर चलाउने क्रममा करेन्ट लागि उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर घाईते अवस्थामा बालकलाई उपचारका लागी बयोधा अस्पताल बिरगजं लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको बाराका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय